बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा दुई जना कोरोना संक्रमित पुरुषहरुको मृत्यु भएको छ । अस्पतालका अनुसार बुधबार विहानै बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल–११ का ४७ वर्षका अर्को पुरुषको मृत्यु भएको हो ।
असोज २७ गते भर्ना भएको मोतीपुरुका ८१ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको र उनी सुगर र प्रेसरका बिरामी रहेका अस्पतालका सूचना अधिकारी डा. बिष्णु प्रसाद गौतमले जानकारी दिए ।
त्यस्तै अर्का, बुटबल–११ का ४७ वर्षीय पुरुष भने असोज २४ गते अस्पताल भर्ना भएका थिए । आज बिहानै उनको भेन्टीलेटरमा राखि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी पनि प्रेसर रोगका बिरामी थिए ।











