म्याग्दी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा म्याग्दीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसीयूमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय वृद्धको मङ्गलवार राति ८ः२५ बजे मृत्यु भएको हो ।
गत असोज २९ गते कोरोना सङ्क्रमण भएपछि केन्द्रको आइसीयूमा भर्ना भएर उपचार गराइरहेका उनको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।











