२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

फोरजी प्रयोगकर्ता बढ्दै

फोरजी प्रयोगकर्ता बढ्दै
अ अ+ अ-

काठमाडौँ । केही समययता मासिक औसत १० हजार हाराहारीमा मात्र फोरजी प्रयोगकर्ता थपिँदै आएकामा गत साउनमा एकैपटक यो सङ्ख्या लाख नाघ्यो । असारको तुलनामा एकै महिनामा सात लाखभन्दा बढी ग्राहक थपिएको तथ्याङ्क नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गर्यो । नेपालमा फोरजी सेवा सुरु भएको चार वर्ष पूरा भइसक्दा तुलनात्मक रूपमा कम अर्थात् ५५ लाखभन्दा कम प्रयोगकर्ता मात्र रहेको सन्दर्भमा थपिएको यो सङ्ख्या आफैँमा आश्चर्यजनक छ । प्राधिकरणको पछिल्लो उक्त तथ्याङ्कले थपिएका अधिकांश प्रयोगकर्ता नेपाल टेलिकमको भएको देखाउँछ । नेपालमै पहिलोपटक २०७३ पुसमा फोरजी सेवा सुरु गरेको सरकारी कम्पनीको गत असारसम्म मुस्किलले साढे आठ लाख प्रयोगकर्ता थिए । साउनमा एकैपटक सात लाखभन्दा बढी प्रयोगकर्ता थपिएपछि साउनमा टेलिकमका फोरजी प्रयोगकर्ता एकैपटक साढे १५ लाख पुगेको छ । एकैपटक सात लाख प्रयोगकर्ता थपिए पनि निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको तुलनामा भने यो आधाभन्दा पनि कम हो । साउनसम्म एनसेलका ३७ लाख ६२ हजार फोरजी प्रयोगकर्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

एकै महिनामा टेलिकमका फोरजी प्रयोगकर्ता आश्चर्यजनकले बढ्नुमा कुनै विशेष कारण भने होइन । चालू आर्थिक वर्ष २०७७/७८ को सुरुवातसँगै टेलिकमले आफ्नो फोरजी प्रयोगकर्ताको तथ्याङ्क समायोजन गरेर प्राधिकरणमा पेस गर्दा ह्वात्तै बढेको देखिएको मात्र हो । व्यावसायिक रूपमै फोरजी सेवा सुरु भएको लामो समय बितिसक्दा पनि फोरजीको ग्राहक र बजार विस्तार निकै सुस्त भएको तथ्याङ्कसहित गत असोज ४ मा गोरखापत्रमा समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा कम्पनीबाटै प्राधिकरणबाट तथ्याङ्क उपलब्ध गराउँदा गल्ती हुँदा फोरजी प्रयोगकर्ता सङ्ख्या कम भएको देखिएको उल्लेख थियो । टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी पनि फोरजी प्रयोगकर्ताको वास्तविक सङ्ख्या पठाउँदा बढेको देखिएको बताउछन् । हामीसँग फोरजी प्रयोगकर्ताको तीन प्रकारको तथ्याङ्क छ । पहिलो कुनै एकपटक फोरजी प्रयोग गरेका करिब ६७ लाख जति छ भन्ने अनुमान छ । दोस्रो पछिल्लो दुई महिना एक/दुईपटक चलाउनेको सङ्ख्या करिब ४८ लाख थियो र तेस्रो कुनै एक दिनमा एकपटक चलाउनेको सङ्ख्या सोमबार मात्रै १९ लाखभन्दा बढी देखिन्छ । यही तथ्याङ्क प्राधिकरणमा पठाएका हौँ ।

नेपाल टेलिकमले देशभैर फोरजी विस्तार गर्ने उद्देश्यसहित करिब २० अर्ब रुपियाँ लगानी गरिसकेको छ । फोरजी÷एलटीई नेटवर्क विस्तारपछि ६५ लाख ग्राहक थप हुने टेलिकमले जनाएको थियो ।
प्राधिकरणको उक्त तथ्याङ्कमा स्मार्ट टेलिकमका एक लाख ८२ हजार फोरजी प्रयोगकर्ता छन् । सेवा विस्तारलाई प्राथमिकतामा राख्न नसकेको स्मार्टका फोरजी ग्राहक भने घटेको देखिन्छ । असारसम्म उक्त कम्पनीका ग्राहक दुई लाख तीन हजार रहेको तथ्याङ्क छ । फोरजी सेवा उपलब्ध गराइरहेका तीनै कम्पनीका गरेर ५४ लाख ९७ हजार मात्र प्रयोगकर्ता छन् ।

थ्रिजी प्रयोगकर्ता घटे
फोरजी प्रयोगकर्तामा देखिएको आश्चर्यजनक वृद्धि भने नेपालमा प्रचलित थ्रिजीमा देखिएको छैन । थ्रिजी प्रयोग गर्नेको सङ्ख्या घटेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणका अनुसार नेपाल टेलिकम र एनसेलका गरेर साउनसम्म एक करोड १५ लाख ५१ हजार ग्राहक छन् । असारसम्म भने थ्रिजी प्रयोगकर्ताको सङ्ख्या एक करोड १५ लाख ८९ हजार थियो । गोररखापत्र दैनिक