५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोर्निङ वाकमा निस्केका दुई जनालाई पिकअप भ्यानले ठक्करदिँदा एकको मृत्यु, एक जना घाईते



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । ललितपुरमा मोर्निङ वाकमा निस्केका दुई जनालाई पिकअप भ्यानले ठक्करदिँदा एक जनाको मृत्यु र अर्का एक जना घाईते भएका छन् । बा १२ च ४२२८ नम्बरको पिकअपले बालकुमारी पुलमुनि दुई जनालाई ठक्कर दिएर फरार भएको थियो ।

मृत्यु हुनेमा बाबुकाजी महर्जनको निधन भएको छ भने इमाडोलका ७० वर्षीय भाटलाल महर्जन घाइते छन् । उनको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

अहिले ठक्कर दिएर फरार सो पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईका अनुसार जीपलाई कालोपुलबाट नियन्त्रणमा लिइएको हो । यद्यपि, चालक भने फरार रहेका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।