९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध

विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङ्गले चाहेर पनि परिणाम नआएको आयोजना !

विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङ्गले चाहेर पनि परिणाम नआएको आयोजना !
अ अ+ अ-

काठमाडौं । ढल्केबार सवस्टेसनमा  ४०० के झिनो लोडमा चार्ज भएको छ । यो  नेपालको विद्युत क्षेत्रको लागि एउटा महत्वपुर्ण कोशेढुङ्गा हो । नेपालको पहिलो ठूलो र ग्यास ईन्सुलेटेड सबस्टेसन हो यो ।

नेपाल सरकारको बजेट, प्राधिकरणको ईन्जिनियरको डिजाइन र प्राधिकरणको ईन्जिनियरिङ कम्पनिको सुपरभिजनमा यो आयोजना सम्पन्न भएको छ ।

यो सवस्टेसनको क्षमता ९४५ एम भि ए रहेको छ । आ व २०७४/७५ देखि टेण्डर प्रकृया शुरु गरि करिव साढे २ वर्षको निर्माण अवधिपछि सम्पन्न भएको छ । गत आषाढ मसन्त सम्ममा सम्पन्न गर्ने लक्ष्य राखि कोरोनाको कारण भएको लकडाउनमा समेत निरन्तर काम भई रहेको थियो । तर हाई भोल्टेज टेष्टिङ मसिन केरुङ नाकाबाट करिव ३ महिनासम्म छुटाउन नसक्दा समयमा चार्ज हुन सकेको थिएन ।

नेपाल भारतविचको ढल्केवार मुजफरपुर लाईन ४०० केभिको लागि तयार भएको भए पनि सवस्टेसनको कारणले शुरुमा १३२ के भि मा मात्र  चार्ज भयो त्यसपछि आव २०७५/७६ मा २२० के भिमा चार्ज भयो र हाल आएर ४०० के भि मा चार्ज हुने भएको छ ।

करिव १२०० मेगावाट विधुत शक्ति प्रसारण क्षमता भएको यस लाईनबाट हाललाई करिव ८५० मेगावाट सम्म निर्यात वा आयात गर्न सकिन्छ । माथिल्लाे तामकोशीको विद्युत पूरा निर्यात गर्न सकिने छ । नेपालभित्रको पूर्व पश्चिम लाईन ४०० केभिमा चार्ज भए पश्चात् यस लाईनबाट करिब १२००  मेगावाट प्रवाह गर्न सकिनेछ । यस कार्यमा अहोरात्र खटिएका आयोजनाका कर्मचारी  एवम् ठेकेदार कम्पनि र यस्का  सहायक निर्माण कम्पनी  र परामर्शदाता कम्पनि सवैलाई हार्दिक बधाई।

तुलनात्मक रुपले यो आयोजना छिटो सम्पन्न भएको छ । डिजाईनदेखि निरन्तर खटेका आयोजना प्रमुख शुक्र देवकोटाजलाीई हार्दिक बधाई। मेरो कार्यकालमा चार्ज गर्ने भनी धेरे प्रयास गर्दा पनि हाईभोल्टेज ट्रेसिङ्ग किट  नआएकोले सफल भएन । उ का का नि व्रजभुषण चौधरीजीको महत्वपुर्ण भुमिका यस आयोजनामा रहेको छ । उहालाई पनि वधाई । माननिय मन्त्री ज्यु, सचिवज्यु, सञ्चालकज्युहरु, कार्यकारी निर्देशक लगाएत सम्पुर्ण कर्मचारिहरुलाई वधाई ।