९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट अध्ययन प्रतिवेदन सार्वजनिक

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट अध्ययन प्रतिवेदन सार्वजनिक
अ अ+ अ-

काठमाडौं,  I नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरु सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यस अध्ययन प्रतिवेदनबाट आएका निष्कर्षहरुले आउने दिनमा मातहत कर्मचारीहरुलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दिशा प्रदान गरेको चर्चा गर्नुभयो ।

आन्तरिक व्यवस्थापनले मातहत कर्मचारीहरुको मनोबलमा वृद्धि गर्न सकिने अध्ययन प्रतिवेदनबाट देखिएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रतिवेदनबाट आएका निष्कर्षबाट कार्ययोजना तयार पारी त्यसलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । यस सम्बन्धी विगतमा थुप्रै अनुसन्धानका कार्यहरु भएको उल्लेख गर्दै अब बनाईने कार्ययोजना तथा नीतिहरुलाई कार्यान्वयनमा ल्याईने उहाँले बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वबिद्यालय The Research Centre for Nepal And Asian Studies (सिनास) का कार्यकारी निर्देशक मृग्रेन्द्र बहादुर कार्की र गृहमन्त्रालयका सह-सचिव थानेश्वर गौतमले अध्ययन प्रतिवेदन सन्दर्भमा आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा प्रहरी उपरीक्षक मनोज कुमार केसीले अध्ययन प्रतिवेदन सार्वजनिकीकरण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय लगायत ७ वटै प्रदेशका विभिन्न १५ जिल्लाहरुमा उक्त सर्वेक्षण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स (पिजिडिपिएस) कार्यक्रम सल्लाहकार प्रा.डा. राजिव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।