५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्षको एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुलेन



अ+ अ-

काठमाडौ  । यस वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएन । काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको भन्दिर कोरोना संक्रमण जोखिम कै कारण सर्वसाधारणका लागि खुल्ला नगरिएको हो । यो मन्दिर प्रत्येक वर्ष अश्विन शुक्ल नवमी अर्थात महानवमीका दिन मात्र खुल्ने परम्परा छ । बडा दशैंको नवमीको दिन मात्रै खुल्ने भएकाले आजको दिन दर्शनार्थीहरुको भिड लाग्ने गर्छ । यस अघिका वर्षहरुमा नवमीका दिन दर्शनार्थीहरुले राति देखि नै लाइन बसी दर्शन गर्दै आएका थिए ।

तर कोभिड संक्रमणको जोखिमका कारण यस वर्ष भवानीको नित्य पूजा भएपनि सर्वसाधारणका लागि खुल्ला नगरिएको हो । नेपाल सरकारले पनि औपचारीक सूचना जारी गरी कुनैपनि शक्तिपीठ तथा मठमन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोग लगाएको छ ।

तलेजु मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइएपनि भक्तालुहरुले भने बन्द मन्दिरको मुल ढोकामा  पूजा गरिरहेको भेटियो । परम्परा र आस्थालाई संक्रमणको जोखिमले रोक्न सकेन । मनोकांक्षा, भाकल पुरा हुने विश्वासमा तलेजु भवानीलाई पूजागर्ने चलन छ । नेपाल भरी भएका देवी शक्ति मन्दिरहरुमध्ये तान्त्रिक विधिअनुसार पूजा हुने केही मन्दिरमा तलेजु भवानी पर्दछ ।