५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले भन्याेः यस वर्ष चियापान समारोह हुँदैन



अ+ अ-

काठमाडाैंः हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नेपाली कांग्रेसले नगर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगर्ने पार्टीले निर्णय गरेकाे जानकारी दिनुभयो ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।