५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिकालीको प्रसाद प्रधानमन्त्री ओलीले ग्रहण गरेनन्



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आज सिकाली जात्राकोे प्रसाद हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए ।

आज बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए ।

स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातबाट प्रसाद भने ग्रहण गरेनन् । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरका जिल्ल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, खोकनावासीका तर्फबाट स्थानीय स्वयम्भुराज डङ्गोल, ललितपुर महानगरपालिका २१ का सदस्य ज्ञानभक्त डङ्गोललगायत सहभागी भएका थिए ।