काठमाडौ । कलाकर मनोज गजुरेललाई कोरोना सक्रमण भएको छ । गजुरेलले सोमबार साँझ सामाजिक संञ्जाल फेसबुक मार्फत सक्रमण भएको जानकारी गराउनु भएको हो ।
गजुरेलले सामाजिक संञ्जालमा लेख्नु भएको छ –भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड– १९ पोजेटिभ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने रल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ ।
त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो । बिहिबारदेखि नै आईसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै सिम्टम्स छैन ।
दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ ।
मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।
संक्रमणबाट बच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ ।
आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ुपोजिटिभ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ ।
म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा.रविन्द्र पाण्ड को सुझाव, सल्लाह र ुकोभिड उपचार गाईडलाईनुमा छु । मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन ।
त्यसैले मैले यो भाईरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाईरसको हार झन् चाँडो हुनेछ । धन्यबाद ।











