२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

भारतको देहरादूनमा नेपाली विद्यार्थीमाथी ज्यादतीः दसैं–तिहारको बिदामा घर जान पाऊँभन्दा ५१ नेपाली विद्यार्थी निर्घात कुटिए

भारतको देहरादूनमा नेपाली विद्यार्थीमाथी ज्यादतीः दसैं–तिहारको बिदामा घर जान पाऊँभन्दा ५१ नेपाली विद्यार्थी निर्घात कुटिए
अ अ+ अ-

काठमाडौँ । भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै ‘बन्धक’ बनाएका छन् । दसैं–तिहारको बिदामा घर फर्कन पाऊँ भन्दै ५१ जना नेपाली विद्यार्थीले निवेदन दिएपछि विवाद बढ्दा रिम्पोचे ज्ञानबज्रले विद्यार्थीमाथि कुटपिट गरेका हुन् । कुटाइ खानेहरू ६ देखि १७ वर्षसम्मका छन् ।अंग्रेजी शिक्षा तथा बौद्ध लामा पढाइ हुने उक्त एकेडेमीमा २ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेकामा ‘घर जान चाहने’ सबै विद्यार्थी तथा नेपाली मूलका शिक्षकसमेतको मोबाइल खोसिएको र एकेडेमी आवासबाहिर आउजाउ गर्न नदिइएको विद्यार्थीका अभिभावकले बताएका छन् । ‘रिम्पोचे ज्ञानबज्रले फलामको डन्डीले हाम्रा नानीहरूलाई हिर्काएछन्,’ सिन्धुपाल्चोकका ग्याल्जेन शेर्पाले भने, ‘मेरा १७ र १३ वर्षका छोराहरू एकेडेमीकै विद्यार्थी भएको ७ वर्ष भइसक्यो, पहिलो पटक यसरी कुटिएको घटना सुनें ।’ उनी छोराहरूलाई घर फर्काउन मद्दत मागिरहेका छन् ।

शेर्पाका अनुसार एकेडेमीमा नेपाली गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाउने गरिन्छ । हरेक वर्ष मंसिरमा लुम्बिनीमा हुने बौद्धपूजामा देहरादूनबाट आउने रिम्पोचेले विद्यार्थी लिएर जान्छन् । शाक्य एकेडेमी विदेशी दाताको सहयोगमा चल्दै आएको छ । ‘मैले पनि लुम्बिनीबाटै छोराहरू रिम्पोचेलाई बुझाएको थिएँ,’ शेर्पाले भने, ‘तर यो वर्ष अलिक ननिको काम त्यहाँ भयो । चार महिनाअघि लकडाउनकै बेला मेरो भाइको छोरालाई पागल भन्दै बोर्डरमा ल्याएर छाडिदिए, त्यो छोराको मानसिक उपचार गर्दै छौं ।’ शाक्य एकेडेमीमा आफ्ना छोराछोरीले कुटपिट बेहोरेको र खानपिनसहितका समस्या खेपेको जानकारी रामेछाप, गुम्देलका टेन्डी शेर्पाले बुधबार दिउँसो मानव अधिकारकर्मी मोहना अन्सारीलाई दिएका थिए ।

टेन्डीका अनुसार सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, धादिङ, हुम्ला, जुम्ला, रुकुम, बागलुङसहितका ३० भन्दा बढी जिल्लाका लामा विद्यार्थी शाक्य एकेडेमीमा पढ्छन् । ‘घर जान माग गर्दा कुटपिट गरेर राखिएको रहेछ । अब कम्तीमा १० दिन स्कुल बाहिर जान नदिने रे । त्यही भएर उद्धारका लागि पहल सुरु गरेका हौं,’ टेन्डीले भने । शाक्य एकेडेमीका १८ विद्यार्थी भने दसैंअगाडि भागेर नेपाल आएका थिए । उनीहरूले समेत स्कुलमा खानसमेत नपाइएको लगायतका समस्या अभिभावकलाई सुनाएका थिए । ‘स्कुलका प्रिन्सिपल र अध्यक्षसमेत कहींकसैको सम्पर्क आउन चाहेका छैनन्, दिल्लीको नेपाली दूतावासलाई पनि खबर पुर्‍याउन सकिएको छैन,’ टेन्डीले भने । उनले एकेडेमीमा पढाउने केही भारतीय शिक्षक तथा सहयोगीबाट पाएको तस्बिरमा कुनै विद्यार्थीको निधारमा गहिरो चोट देखिन्छ भने कुनैको हातखुट्टाको औंला चुँडिएको र हातखुट्टा भाँचिएको देखिन्छ ।

यो घटनाबारे स्थलगत जानकारी लिन बिहीबार हरिद्वार–ऋषिकेशस्थित नेपाली समाजका प्रतिनिधि पुष्पराज पाण्डेयसहितको समूह जाने भएको छ । ‘विद्यार्थीको उद्धार गर्नुपरे नेपाली दूतावासको समन्वयमा यहाँको नेपाली समाजले सहयोग गर्नेछ,’ पाण्डेयले भने, ‘हामी पीडित विद्यार्थीको औषधोपचार र अरू सहयोग गर्छौं ।’ घटनाबारे ध्यानाकर्षण भइसकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको’ ट्वीटरमार्फत जानकारी दिएका छन् । दिल्लीस्थित राजदूत नीलाम्बर आचार्यले पनि यो घटनाबारे ‘खोजखबर लिने’ प्रतिक्रिया दिएका छन् । कान्तिपुर दैनिक