५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग साउदी अरबका परराष्ट्रमन्त्रीको भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहान अल साउदले आज राष्ट्रपति भवन महाराजगञ्जमा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा दुई देशबीच रहिआएका सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको पनि उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।