२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा केन्द्रिय समितिको बैठक, पार्टीका कार्यकर्ताहरु धर्नामा



अ+ अ-

काठमाडौं । शनिवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको केन्द्रिय समितिको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।

साथै पार्टीको सांगठनिक गतिविधि र संघर्षका कार्यक्रमहरुबारे पनि छलफल हुने बताइएको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेसँगै आन्दोलन गर्दै आएको छ ।

भित्र केन्द्रिय समितिको बैठक जारी रहदा पार्टीका कार्यकर्ताहरुले पार्टी कार्यालयमै धर्ना दिएका छन् । शनिवार केन्द्रिय समितिको बैठक बस्नुअगाडि उनीहरुले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै कार्यलयमै धर्ना दिएका हुन् ।

उनीहरुले कार्यालयभित्रै प्लेकार्डसहति प्रदर्शन गरेका छन् । उनीहरुले की संकटमा पार्टी सम्हाल, कि ठाउँ छोड, पार्टी एकता, देशको आवश्यकता हो, रविका नामबाट नेता र सांसद बन्नेहरु रविलाई संकट पर्दा पछि हट्नु धोका हो, रविले नाम दिए, रविलाई पर्दा साथ नदिने, आन्दोलनले नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, समयले परिवर्तन खोजेको छ, आन्दोलनको विकल्प छैन, आफ्नै नेतालाई नो नट अगेन भन्ने दिन नआओस्, निर्णायक आन्दोलनको विकल्प छैन, रविको न्याय, सहकारी पीीडतको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेलमा नकोचेसम्म आन्दोलन जारी रहन्छ, देशले २२ दिनदेखि एउटा आँटिलो र गतिलो नेता खोजिरहेको छ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । —न्युज एजेन्सी नेपाल