२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

देहरादूनमा निर्घात कुटिएका नेपाली विद्यार्थीहरुमध्येका दुई विद्यार्थी भागेर नेपाल आए

देहरादूनमा निर्घात कुटिएका नेपाली विद्यार्थीहरुमध्येका दुई विद्यार्थी भागेर नेपाल आए
अ अ+ अ-

कञ्चनपुर, काठमाडौँ । टीकाको दुईरतीन दिनअघि १८ नेपाली विद्यार्थी दसैं मनाउन घर फिरे । त्यो देखेर अरूलाई पनि दसैंतिहारमा घर जाने रहर लाग्यो । त्यसपछि भारत उत्तराखण्डको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत ५३ विद्यार्थीले बिदा माग्दै सोमबार संयुक्त निवेदन दिए । एकैपटक ठूलो संख्यामा विद्यार्थीले बिदा माग्दा प्रिन्सिपल छिरिङ छोदेन, गुरुआमा धाग्मो सोनाम र गुरु ज्ञानबज्र रिम्पोछे रिसाए । सोनामले डिसेम्बरमा बिदा दिने भन्दै विद्यार्थीलाई सम्झाउन थालिन् । त्यसपछि विद्यार्थीले प्रिन्सिपल छोदेनसँग कुरा गरे । छलफल चलिरहेको थियो । छोदेनले सम्झाइरहेकी थिइन् । त्यतिकैमा रिम्पोछे लट्ठी बोकेर आए र एकाएक विद्यार्थीलाई कुट्न थाले । ‘गुरुले लट्ठी घुमाउन थालेपछि हाम्रो भागाभाग चल्यो, धेरै साथीलाई चोट लाग्यो,’ देहरादूनस्थित शाक्य एकेडेमीबाट भागेर बिहीबार कञ्चनपुरको गड्डाचौकी नाका आइपुगेका मकवानपुर मोरंगेका नवीन तामाङले भने ।

तामाङका अनुसार बिदा माग्नेमध्ये ४७ विद्यार्थीमाथि गुरुले कुटपिट गरेका हुन् । घर जान चाहेका ५३ जनामध्ये ६ जनाले निवेदन फिर्ता लिएको जानकारी प्रिन्सिपललाई गराएका थिए । धेरैलाई गुरुको लट्ठीले र कतिपयलाई भाग्दा चोट लागेको छ । ‘कसैका टाउकामा चोट छ, कसैको खुट्टामा,’ तामाङले भने, ‘ठूलो घाउचोट भने कसैलाई छैन ।’ उनका अनुसार कक्षा ७ मा अध्ययनरत काभ्रेका छ्याङ तामाङको टाउकामा अलि ठूलो घाउ छ । गुरु रिम्पोछेले हानेको लट्ठीले लागेर उनको निधारमा घाउ भएको छ । उनी अहिले एकेडेमीमै छन् । बिहीबारै गड्डाचौकी नाका आइपुगेका बाग्लुङको निशुखोला ५ का भूमिराज घर्तीमगरले एकेडेमीमा रहेका सबै विद्यार्थीको मोबाइल खोसेर घरपरिवारसँग पनि सम्पर्क गर्न नदिइएको बताए । घटनाको भोलिपल्ट गुरु र गुरुआमा दुवैले विद्यार्थीसँग माफी मागे पनि पहिले जसरी खुला भएर हिँड्न नदिइएको उनले सुनाए । ‘सबैलाई कडा निगरानीमा राखिएको छ,’ घर्तीमगरले भने, ‘घटनाबारे बाहिर नभन्न चेतावनी दिइएको छ ।’ उनका अनुसार गुरु र गुरुआमाले अन्जानमा गल्ती भयो भन्दै माफ मागेका थिए ।

घर्तीमगरका अनुसार सोमबार दिउँसो गुरु र गुरुआमा दुवैले विद्यार्थीसँगै खाना खाने योजना थियो तर एकैपटक ठूलो संख्यामा विद्यार्थीले बिदा मागेपछि उनीहरू आक्रोशमा आएका थिए । गुरु रिम्पोछे र गुरुआमा सोनाम श्रीमान् श्रीमती हुन् । सोनामकी आमा बिरामी भएर अस्पतालमा भर्ना छिन् । दुवै जना केही दिनदेखि त्यसकै तनावमा थिए । ‘आमा बिरामी भएको रिस हामीमाथि पोखियो,’ घर्तीमगरले भने । उत्तराखण्डको राजधानी देहरादूनको भवनपुरस्थित शाक्य एकेडेमी बुद्ध धर्मसम्बन्धी पढाइ हुने विद्यालय हो । नेपालका विभिन्न क्षेत्रबाट विद्यार्थी छनोट गरेर एकेडेमीमा लाने गरिएको छ । त्यहाँ १ सय ८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ४० ५० जना जति भारतीय विद्यार्थी छन् ।

देहरादूनमा ५१ नेपाली विद्यार्थी निर्घात पिटिए
तामाङ र घर्तीमगर ६ वर्षअघि शाक्य एकेडेमीमा भर्ना भएका थिए । उनीहरू ३ वर्षअघि दसैंका लागि घर आएका थिए । एक महिना बिदा मनाएर तिहारलगत्तै देहरादून फर्किएका उनीहरूले यसपटक भने पुनः देहरादून नफर्किने योजना बनाएर बिदा मागेका थिए । ‘हामीले मात्रै होइन, धेरै साथीले पुनः नफर्किने भनेरै बिदा मागेका थिए,’ घर्तीमगरले भने । उनका अनुसार बिहान ५ बजे उठेदेखि बुद्ध धर्मसम्बन्धी पढाइ र त्यसपछि दिनभरि कक्षागत पढाइ अनि साँझपख पुनः धर्मसम्बन्धी पढाइका कारण विद्यार्थी दिक्क थिए । त्यसैले घर आउन पाए नफर्किने योजनामा उनीहरू थिए । कक्षा ७ मा पढ्ने रुकुमका एक छात्रले भने आफूले घर जान निवेदन नदिए पनि कुटाइ खाएको बताए । ‘मलाई आवासीय कक्षाको ढोकामा लगेर थप्पड हानियो, ढोकामा टाउको ठोक्काइयो,’ उनले फोनमा भने, ‘किन यसो गरिएको हो भन्ने थाहै भएन ।’

ट्याक्सीवालालाई मिलाएर आफूहरू राति भागेको तामाङले सुनाए । ‘अरूलाई त बाहिर निस्कन पनि दिइएको छैन,’ उनले भने । उनका अनुसार ट्याक्सीवालालाई बनबासासम्म १० हजार भारु तिरेर ५ जना आएका हुन् । घरबाट पठाएको पैसाले नै फर्किन सजिलो भएको उनीहरूले बताए । तामाङ र घर्तीमगरसँगै आएका अन्य तीन जना भारतको पश्चिम बंगालका हुन् । उनीहरू बिहीबार बिहानै गड्डाचौकी नाकामा आइपुगेका थिए । पश्चिम बंगालका विद्यार्थीलाई कोभिड–१९ संक्रमण जोखिमका कारण नेपाल भित्रिन नपाइने भएकाले भारततर्फ नै फर्काइएको छ । तामाङ र घर्तीमगरले साँझ अबेर मात्रै नाकामा परीक्षणपछि भित्रिन पाए । उनीहरूलाई भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित होल्डिङ सेन्टरमा राखिएको छ । शुक्रबार सवारीसाधन व्यवस्था गरेर उनीहरूलाई घरतर्फ पठाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार विद्यार्थीले विद्यालयमा भएको कुटपिटबारे जानकारी गराएका छैनन् । ‘हामी दसैं बिदामा घर आएका हौं, कुनै यातना दिएको वा चोटपटक लागेको छैन भनेका छन्,’ एसपी मरासिनीले भने, ‘उनीहरू सामान्य अवस्थामा अभिभावकको सम्पर्कमै घर आउन लागेका हुन् ।’

साताभित्र विद्यार्थी फिर्ता पठाउने सहमति

नेपाली विद्यार्थीमाथि सोमबार गरिएको कुटपिटप्रति एकेडेमीकी प्रिन्सिपलले माफी मागेकी छन् । ‘प्रिन्सिपल छिरिङ छोदेनले विद्यार्थीमाथिको हातपात एवं अमानवीय व्यवहारमाथि क्षमायाचना गर्दै यसमा छानबिन हुने बताउनुभएको छ,’ नेपाली समाजका प्रतिनिधि हरिद्वारका पुष्पराज पाण्डेयले कान्तिपुरसँग भने, ‘घर फर्कन चाहने विद्यार्थीको अन्तिम सूची एकेडेमीले तयार गरेर पठाउने र त्यहीअनुसार एक साताभित्र विद्यार्थीलाई फिर्ता पठाउन प्रबन्ध गरिने भएको छ ।’ हरिद्वार–ऋषिकेश र देहरादूनस्थित नेपाली समाजका प्रतिनिधिले बिहीबार गरेको ताकेतापछि एकेडेमी व्यवस्थापनसँग भएको वार्ता साँझ ६ बजे टुंगिएको थियो । नेपाली विद्यार्थीमाथि भएको अमानवीय व्यवहार तथा निर्मम कुटपिटबारेको खबर सार्वजनिक भएपछि हरिद्वारबाट पाण्डेय, देहरादूनस्थित गोरखा डेमोक्रेटिक संघका सूर्यविक्रम शाही, उत्तराखण्ड सरकारमा गोरखा कल्याण परिषद्का राज्यमन्त्री टीडी भुटिया, उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीसहितका प्रतिनिधि एकेडेमी पुगेका थिए ।

एकेडेमीसँग वार्ता गर्न गएको नेपाली टोलीका संयोजक पाण्डेयका अनुसार सोमबार रातिको कुटपिट घटनामा सख्त घाइते भएका ३ जनालाई तत्काल अस्पतालमा लगेर उपचार गरिने र अरूको हकमा इच्छाअनुसार घर पठाउन प्रबन्ध मिलाइनेछ । एकेडेमीकी प्रिन्सिपल छिरिङ छोदेनसँग भएको लिखित सहमतिअनुसार विद्यार्थी घर फिर्ता पठाउने क्रममा पाण्डेयले सबै विद्यार्थीका अभिभावकसँग सम्पर्क गरेर नेपाल–भारत सीमा नाकासम्म पुर्‍याउने प्रबन्ध गर्ने भएका छन् । एकेडेमीको व्यवस्थापन एवं खानपिनसहितको प्रबन्धबाट असन्तुष्ट भएर ३ देखि ७ कक्षासम्म पढ्नेले घर फिर्नका लागि निवेदन दिएका थिए । घटनाबारे दिल्लीस्थित नेपाली दूतावास जानकार रहे पनि त्यहाँबाट ५ घण्टाको सडक यात्रामा पुगिने देहरादूनमा कोही पनि प्रतिनिधि पुगेका छैनन् । दूतावासका प्रथम सचिव बाबुराम सिग्देलले फोन सम्पर्कबाट नेपाली समाजका प्रतिनिधिहरूसँग कुराकानी गरेका थिए । कान्तिपुर दैनिक