२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

केन्द्रीय कार्यसमिति बैठकअघि नै आफूहरूले उठाएका मुद्दा सम्बोधन हुनुपर्ने नेता पौडेल पक्षको अडान

केन्द्रीय कार्यसमिति बैठकअघि नै आफूहरूले उठाएका मुद्दा सम्बोधन हुनुपर्ने नेता पौडेल पक्षको अडान
अ अ+ अ-

काठमाडौँ । कांग्रेसले पार्टीको महाधिवेशन तयारीबारे निर्णय लिन कात्तिक २१ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने बैठक बस्नुअघि आफूहरूले उठाएका मुद्दा सम्बोधन हुनुपर्ने अडान राखेको छ । गरेर असोज १९ गते बैठक बस्ने तय भएको थियो । केन्द्रीय कार्यसमितिका आधा दर्जन सदस्यहरू कोरोनाबाट संक्रमित भएपछि बैठक स्थगित भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले पौडेल पक्षले उठाएका मुद्दामा छलफल गर्न १७ गते पदाधिकारी र पूर्वपदाधिकारीसहितको अनौपचारिक बैठक डाकेका छन् । सहमहामन्त्री प्रकाशशरण महतले महाधिवेशनको तयारी, तालिका र क्रियाशील सदस्यतालगायत सबै विषयमा सहमति जुटाएर अघि बढ्ने कोसिस भएको बताए । आफ्नो पक्षका पदाधिकारी र केन्द्रीय सदस्यसहित २७ जनाको हस्ताक्षरसहित दर्ता गराइएको ज्ञापनपत्रमा पौडेल पक्षले सभापति देउवाले विधान र प्रक्रिया मिचेर महाधिवेशनलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ । विधानविपरीत गठन भएका केन्द्रीय विभागका मनोनयन र प्रक्रियाविपरीत वितरण भएका क्रियाशील सदस्यतासम्बन्धी निर्णय खारेज गरिनुपर्ने माग पनि उठाइएको छ । ‘हामीले भागबण्डा होइन, विधान र प्रक्रियाको कुरा उठाएको हो, विधानअनुसार नेतृत्व चल्नासाथ सहमतिमा पुग्न सकिन्छ,’ वरिष्ठ नेता पौडेलले भने ।

आसन्न महाधिवेशनमा पार्टी सत्ता दुरुपयोग गरेर सभापति देउवाले आफ्नो पक्षमा माहोल बनाउन खोजेको आरोप पौडेल पक्षको छ । पौडेल पक्षको मुख्य चासो नै पार्टीका क्रियाशील सदस्यताको नवीकरण र वितरणप्रति छ । पार्टीका क्रियाशील सदस्य सुरु मतदाता हुने र उनीहरूको प्रभाव केन्द्रीय महाधिवेशनको नेतृत्व चयन सम्ममा पर्ने भएकाले दुवै समूहको चासो यसैमा देखिन्छ । सभापति देउवाले अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गर्नेहरूको समायोजनका लागि भन्दै क्रियाशील सदस्यता वितरणमा विधानविपरीत निर्णय लिएको आरोप पौडेल पक्षले लगाउँदै आएको छ । विधानविपरीत बाँडिएको क्रियाशील सदस्यताले वैधानिकता नपाउने तर्क उनीहरूको छ । सहमहामन्त्री महतले विधानविपरीत सदस्यता नबाँडिएको दाबी गरे । ‘उहाँहरू (पौडेलपक्ष) को मुख्य चासो समायोजनमा देखिएको छ । अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गर्नेहरूलाई कति र कसरी सदस्यता वितवरण गर्ने भन्नेबारेमा थप प्रस्ट्याउन बाँकी छ,’ उनले भने । महाधिवेशनको तालिका प्रभावित भइसकेकाले क्रियाशील सदस्यतासम्बन्धी विषयलाई मात्रै सार्ने वा सबै तालिकालाई केही समयपछि सार्ने भन्नेबारे पनि केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने उनले बताए ।

कोरोना संक्रमणका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिका प्रभावित भइसकेको छ । पौडेलपक्ष भने महाधिवेशनका सबै तालिका सार्ने पक्षमा छैनन् । क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिका संशोधन गरे पनि अन्य तालिका अहिल्यै सार्नु नपर्ने पौडेल पक्षको भनाइ छ । क्रियाशील सदस्यताको टुंगो चाँडै लगाउने हो भने फागुनमा केन्द्रीय महाधिवेशन हुने सम्भावना अझै नटेरको वरिष्ठ नेता पौडेलले बताए । जिल्लामा पनि क्रियाशील सदस्यतासम्बन्धी विवाद छानबिन गर्न समिति बन्ने भएकाले समस्या नहुने उनको भनाइ छ । ‘जिल्लाले पनि छानबिन गर्छ । जिल्लाबाट सूची केन्द्रमा आएपछि ठूलो समस्या हुँदैन,’ पौडेलले भने, ‘क्रियाशील सदस्यताको टुंगो लगाएको डेढ महिनामा वडादेखि केन्द्रसम्मका अधिवेशन सकिन्छ ।’ कान्तिपुर दैनिक