५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतियारसहित २३ वर्षीय युवक पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय टुमासिंह यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुराकीका आधारमा घरमा खानतलासी गर्दा प्रहरीले घरमा लुकाइराखेको पेस्तोल फेला पारेपछि यादवलाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । 

यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदै आएको भन्ने प्राप्त सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । हतियारसमेत रहेको भन्ने सूचना अनुरूप खोजतलासका क्रममा शौचालयको सेफ्टी ट्याङ्की छेउमा प्लाष्टिकको झोलामा लुकाइराखेको अवस्थामा ‘मेड इन इण्डिया’ लेखेको पेस्तोल फेला परेको प्रहरी उपरीक्षक थापाले बताए ।

पेस्तोलमा लोड गरिएको म्याग्जीन र दुई राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । हतियारसहित पक्राउ परेका यादवविरुद्ध हातहतियार खरखजानासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।