७ श्रावण २०८३, बिहीबार
,
Latest
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु पुष्पलाल स्मृति दिवस मनाइँदै झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोक्सीको आरोप लगाउदै आफ्नै आमाको घाँटी थिचेर छोराले गरे हत्या



अ+ अ-

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका ३ स्थित खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले घरायसी विवादमा आफ्नै आमा ८५ वर्षिय सुदामा देवी साहको घाँटी थिचि हत्या गरेका थिए ।

छोराले घाँटी थिचेर घाईते बनाएकी सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराएको थियो । स्वास्थ्यमा सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षिक शालिग्राम शर्माले घाँटी थिच्ने सुदामाका छोरा राम अवतारलाई नियन्त्रणमा लिएको जानकारी दिए । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।

स्थानीयले भने आफ्नै छोरीले आमालाई बोक्सिको आरोप लगाउँदै कुटपीट गरी मलमुत्र खुवाउने प्रयास गरेको बताइएका छन् । रामअवतारले बोक्सीलाई मलमुत्र खुवाएपछि गुण समाप्त हुन्छ भन्दै खुवाउने प्रयास गरेको बताइएको छ । राजधानी दैनिक