२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिप फाइनलको टिकट ‘सोल्डआउट’



अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट ‘सोल्डआउट’ भएको छ ।

विक्री सुरु भएको एक घण्टा नबित्दै टिकट सकिएको हो । टिकट काट्नका लागि बिहानैदेखि सर्वसाधारणहरु लामबद्ध भएका थिए । बिहान ८ बजे टिकट बिक्रि सुरु गरिने भनेपनि व्यवस्थापकीय कमजोरीका कारण ९ बजेपछि मात्र टिकट बिक्री सुरु भएको थियो ।

झण्डै तीन घण्टामै विक्री गर्न ल्याइएको टिकट सकिएपछि टिकट काट्न नपाएका सर्वसाधारण आक्रोशित बन्दै नाराबाजी गरेका छन् ।

एन्फाले साधारणतर्फ ११ हजार र भिआइपी १ हजार मात्र टिकट विक्री गर्ने बताएको थियो । साधारणतर्फ ५ सय र भिआइपी १ हजार रुपैयाँ टिकट दर तोकिएको छ ।

यसैबीच, काठमाडौं महानगरले काठमाडौंका ३ स्थानमा ठूलो स्क्रिनमा फाइनल खेलको प्रत्यक्ष प्रशारण देखाउने भएको छ ।

महानगरले नेपाली महिला टोलिलाई हौसला प्रदान गर्दै टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाएको हो ।

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज साँझ साढे ६ बजे नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।