५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिप फाइनलको टिकट ‘सोल्डआउट’



अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट ‘सोल्डआउट’ भएको छ ।

विक्री सुरु भएको एक घण्टा नबित्दै टिकट सकिएको हो । टिकट काट्नका लागि बिहानैदेखि सर्वसाधारणहरु लामबद्ध भएका थिए । बिहान ८ बजे टिकट बिक्रि सुरु गरिने भनेपनि व्यवस्थापकीय कमजोरीका कारण ९ बजेपछि मात्र टिकट बिक्री सुरु भएको थियो ।

झण्डै तीन घण्टामै विक्री गर्न ल्याइएको टिकट सकिएपछि टिकट काट्न नपाएका सर्वसाधारण आक्रोशित बन्दै नाराबाजी गरेका छन् ।

एन्फाले साधारणतर्फ ११ हजार र भिआइपी १ हजार मात्र टिकट विक्री गर्ने बताएको थियो । साधारणतर्फ ५ सय र भिआइपी १ हजार रुपैयाँ टिकट दर तोकिएको छ ।

यसैबीच, काठमाडौं महानगरले काठमाडौंका ३ स्थानमा ठूलो स्क्रिनमा फाइनल खेलको प्रत्यक्ष प्रशारण देखाउने भएको छ ।

महानगरले नेपाली महिला टोलिलाई हौसला प्रदान गर्दै टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाएको हो ।

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज साँझ साढे ६ बजे नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।