२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनले रोजगारीमा नयाँ चुनौती र जोखिम बढ्योः अध्यक्ष कुँवर



अ+ अ-

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनले श्रम रोजगारीको क्षेत्रमा चुनौति सिर्जना गरेको बताउनुभएको छ ।

मंगलवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा जलवायु परिवर्तनले श्रम रोजगार क्षेत्रमा पारेको प्रभाव विषय कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो बताउनुभएको हो । उहाँले विश्वमा जलवायु परिवर्तनका भएको असरले रोजगारको क्षेत्रलाई प्रत्यक्ष असर परेको बताउनु भयो । उहाँले श्रम रोजगारमा जलवायु परिवर्तनका विषयमा सरकारले बेवास्ता गरेको समेत आरोप लगाउनु भयो । उहाँले सरकारलाई दबाब सिर्जना गरी जलवायु परिवर्तनले श्रम रोजगारमा पारेको असरलाई न्युनिकरण गर्न केन्द्रले विभिन्न कार्यक्रम गर्दै खबदारी गरेको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तजको कारण श्रमिकले काम गर्ने समयमा समेत असर परेको बताउनु भयो । उहाँले दिउँसोको समयमा काम गर्न नसक्दा बिहान बेलुका काम गर्ने अवस्था रहेको बताउनु भयो । पर्वतारोहणको क्षेत्रका श्रमिकलाई थप चुनौति रहेको बताउनु भयो । उहाँले सवारी साधनमा आएको परिवर्तन,कृषिमा बेमौसममा पानी पर्दा कृषिमा समेत असर परेको बताउनु भयो । उहाँले निर्माणको क्षेत्रमा बढी जोखिम भएको बताउनु भयो । वातावरणीय प्रभावको कारण रोजगारी प्रभावित भइरहेको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनको असरले मजदुरहरुलाई विभिन्न किसिमका रोगहरु लाग्न थालेको बताउनु भयो ।