३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लागूऔषधसहित औषधि व्यवसायीसमेत चार पक्राउ

लागूऔषधसहित औषधि व्यवसायीसमेत चार पक्राउ
अ+ अ-

राजविराज । सप्तरी प्रहरीले चार दिनको अवधिमा विभिन्न ठाउँबाट लागुऔषधसहित औषधि व्यवसायीसमेत चार जनालाई पक्राउ गर्न सफल भएका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लोपटक जिल्लाको सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका १९ वर्षीय नितेशकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको छ । कालो प्लाष्टिक झोलाभित्र लागुऔषध राखेर पैदलयात्रा गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कदरवनाका प्रहरी निरीक्षक वीरन्द्र पासवानले बताए । चौधरीको झोलाबाट ४५ थान नाइट्राभेट ट्याब्लेट, १० एम्पुल डिजिक्लाब, १० एम्पुल नूफिन, १० एम्पुल फेनार्गन बरामद गरिएको छ ।

त्यस्तै जाँचकै क्रममा बोदेबर्साइन नगरपालिका–३ कुशमहारका ३१ वर्षीय नितेशकुमार मण्डल र सोही ठाउँका ३२ वर्षीय सियाराम मण्डलको साथबाट समेत लागुऔषध बरामद प्रहरीले जनाएको छ । स११प ८२५ नंको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार सियारामले बोकेको झोलाबाट ८९४ थान नाइट्राभेट ट्याब्लेट बरामद भएको थियो ।

यस्तै बोदेबर्साइन नगरपालिका–१० खड्कपुरका औषधि व्यवसायी ३७ वर्षीय रञ्जितकुमार यादव पनि पक्राउ परेका छन् । यादवले नै नयाँ चोकमा सञ्चालन गरेको कुखुरा फार्मबाट डाइलेक्स डिसी सिरप ३५ बोतल, नाइट्राभेट ट्याब्लेट ७०, नफिङ इन्जेक्सन दुई, डाइजेलप इन्जेक्सन सात वटा र स्पास्मो प्रोभोल ट्याब्लेट १४४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतको विहार राज्यसँग सिमाना जोडिएको सप्तरी जिल्लामा ७८ किलोमिटरको खुला सिमाना रहेको छ । सप्तरीबाट भारत प्रवेश गर्न दर्जनौँ नाका छन् । सोही कारणले ती नाकामा लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ ।