१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै

प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
अ अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाए’ विषयक कार्यशालामा प्रधानन्यायाधीश रावतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास गर्न अपराध अनुसन्धानमा नवीनताको विकास गर्न जरुरी रहेको पनि औँल्याउनुभयो ।

न्याय प्रणालीलाई थप प्रभावकारी र छिटोछरितो बनाउन सरोकार राख्ने निकायबीचको समन्वय बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानन्यायाधीश राउतले वैज्ञानिक, वस्तुनिष्ठ र प्रमाणका आधारमा अनुसन्धान गर्न जरुरी रहेको बताउनुभयो ।

संविधान र कानुनको सिद्धान्तका आधारमा न्यायलाई नतिजामुखी बनाउन सफल अनुसन्धानले सहयोग गर्ने उल्लेख गर्दै उहाँले यहाँ आज आयोजित कार्यशालाले न्यायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महान्यायाधिवक्ता रमेश बडालले कतिपय अपराध अनुसन्धाका फाइल हेर्दा अनुसन्धान अपुरै रहेको देखिने गरेको भन्दै यसतर्फ अनुसन्धान अधिकृतहरुको ध्यानाकर्षण गराउनुभयो । उहाँले कुनै पनि अपराधको अनुसन्धानमा बयानले मात्रै नपुग्नेमा जोड दिँदै उहाँले वस्तुनिष्ठ तथ्य, फिङ्गर प्रिन्ट वा त्यस्तै प्रमाण जरुरी हुने बताउनुभयो ।

लागुऔषधका आरोपीमाथिको अनुसन्धानको उदाहरण दिँदै उहाँले त्यस्ता व्यक्तिको अनुसन्धानका लागि शरीरमा लागुऔषधको तत्व देखिएको प्रमाण आवश्यक हुनेतर्फ अनुसन्धान अधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

गृहसचिव गोकर्णमणि दुवाडीले आजको कार्यशालाले फौजदारी न्यायप्रणाली सुधारका विषयमा महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास गरिएको बताउनुभयो । उहाँले राज्यका निकायप्रति नागरिकको विश्वास जगाउनु चुनौती खडा हुँदै गएको बताउँदै प्रविधिको विकाससँगै अपराधमा पनि नयाँ शैलीको प्रयोग हुन थालेकाले अनुसन्धानलाई थप प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कसुरको वैज्ञानिक र वस्तुनिष्ठ प्रमाणले स्वच्छ र निष्पक्ष न्याय प्रथान गर्ने बताउँदै सफल अनुसन्धानले नेपाल प्रहरीको शाख र गरिमा बढाउने उल्लेख गर्नुभयो । उहाँले प्रमाणमुखी अनुसन्धानलाई प्रहरीले जोड दिएको पनि बताउनुभयो ।

अझै पनि परम्परागत अपराधको बाहुल्यता रहेको जानकारी गराउँदै प्रहरी महानिरीक्षक कुँवरले परम्परागत अपराध अनुसन्धानका साथै आधुनिक अनुसन्धान प्रणालीलाई पनि सँगसँगै लगिएको बताउनुभयो । उहाँले आजको कार्यशालाले फौजदारी न्याय प्रणालीको सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।