२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस: सुनिरा र रितिक च्याम्पियन

चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस: सुनिरा र रितिक च्याम्पियन
अ अ+ अ-

काठमाडौं: सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन भएका छन् ।

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा सुनिरा महिला सिंगल्स र रितिक पुरुष सिंगल्समा च्याम्पियन भएका हुन् । सिंगल्स च्याम्पियनद्वय रितिक र सुनिराले समान एक लाख रुपैयाँ नगद पुरस्कार पाए । नेपाल टेनिस संघको कोर्टमा भएको पुरुष सिंगल्सको फाइनलमा सुनिराले अभिलाशा बिष्टमाथि ६–४ र ७–५ को जित रचिन् । पुरुष सिंगल्सको फाइनलमा रितिकले राजवीर प्रधानलाई ६–१ र ६–३ ले हराए । सिंगल्समा दोस्रो भएका खेलाडीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

पुरुष सिंगल्समा प्रणव मानन्धर र आयुषमान हजुर घले संयुक्त रूपमा तेस्रो भए । महिला सिंगल्समा भने प्राज्ना मानन्धर र स्वस्तिका बिष्ट तेस्रो भए । तेस्रो स्थानका खेलाडीलाई समान १२ हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । पुरुष ४५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी च्याम्पियन भए । कमलले फाइनलमा छेवाङ लामामाथि ६–१ र ६–२ को जित रचे । च्याम्पियन कमलले ३७ हजार पाँच सय र छेवाङले १८ हजार सात सय ५० रुपैयाँ प्राप्त गरे । यसै उमेरसमूहमा सुकमान तामाङ र महेश श्रेष्ठ तेस्रो स्थानमा रहे । यी दुईले तीन हजार १२५ रुपैयाँ प्राप्त गरे ।

पुरुष डबल्समा आयुष्मान घले र प्रदीप खड्काको जोडीले सफलता पाएका थिए । महिला डबल्समा भने खेलाडी संख्या नपुगेपछि प्रतिस्पर्धा रद्द गरिएको थियो । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरूषमा ३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री र डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी, ५५ वर्षमाथि सिंगल्समा कमल थापा र डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, ६५ वर्षमाथि सिगंल्समा कमल थापा र डबल्समा विदुर बिष्ट र भिक्टोर राणाको जोडीले सफलता पाए ।

३५ वर्षमाथि सिगंल्समा विजेताले ५० हजार, २५ हजार र १२ हजार पाँच सय रूपैयाँ पाए । ३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार पाँच सय प्राप्त गरे । ४५ वर्षमाथि सिंगल्स विजेताले ३७ हजार पाँच सय, उपविजेताले १८ हजार ७५० र तेस्रोले ६ हजार  २५० रूपैयाँ पाउनेछन् । यसै उमेरसमूहका डबल्स विजेताले २५ हजार, १२ हजार पाँच सय र तेस्रो हुनेले १२ हजार पाँच सय रूपैयाँ पुरस्कार पाउनेछन् ।

जुनियरतर्फ बोइज र गल्र्समा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ सिंगल्स र खुला डबल्स विधामा प्रतिस्पर्धा भयो । प्रतियोगिताको विजेतालाई उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गणेशमान सिंह फाउन्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भाष्करमान सिंह र नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले लगायतले पुरस्कृत गरे ।