१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

जलवायु वित्तको नयाँ लक्ष्य असफल गराउने सुविधा कसैलाई छैनः जलवायु विज्ञ राजु पण्डित

जलवायु वित्तको नयाँ लक्ष्य असफल गराउने सुविधा कसैलाई छैनः जलवायु विज्ञ राजु पण्डित
अ अ+ अ-

विश्व जलवायु सम्मेलन कोप—२९ को पूर्वसन्ध्यामा जलवायु वित्तको नयाँ लक्ष्यको लागि मस्यौदा (एनसिक्युजी) सार्वजनिक भएको छ । यो कोप—२९ सम्मेलनका लागि UNFCCC ले तयार पारेको जलवायु वित्तको नयाँ लक्ष्यको आधारपत्र हो । गत बर्ष कोप—२८ हानी नोक्शानी र जलवायु समिक्षामा प्रशंंसनीय कार्य गर्न सफल थियो । कोप—२९ को प्रमुख अपेक्षा यो लक्ष्य प्राप्तिमा हुनेछ । यो सम्मेलनले नयाँ लक्ष्य पारित गर्न नसके पेरिस सम्झौता नै असफल हुने टिप्पणी हुँदै आएको छ ।
जलवायुवित्त अन्तर्गत १ सय अर्ब अमेरिकी डलर प्रतिवर्ष अल्पविकसित र विकासोन्मुख देशमा परिचालन गर्ने प्रतिवद्धताअनुसार अहिले कार्यान्वयनको काम भइरहेको छ ।

कोप—२८ मा बढ्दो जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गर्दै जलवायु वित्तलाई बनाउनुपर्ने आवाज टड्कारो रुपमा उठेको थियो । त्यसैले नयाँ लक्ष्य यो भन्दा महत्वकांक्षी बनाउनुपर्ने छ । अहिले सार्वजनिक भएको जलवायु लक्ष्यको छलफलको खाका छलफलको आधारपत्र मात्रै भएकाले यसमा कोप—२९ ले सहमति जुटाउनुपर्ने हुन्छ । यसै सन्र्दभमा कोप—२९ को मुख्य एजेण्डाको रुपमा रहेको जलवायु लक्ष्यको नयाँ मार्गचित्रका विविध पक्षबारे जलवायु वित्तका विज्ञ राजु पण्डित क्षेत्रीसँग गरिएको अन्तरवार्ताको संक्षिप्त अंश ।

प्रश्नः कप २९ लाई जलवायु वित्तको सम्मेलन किन भनिएको हो ?

जवाफः अजरवैजानको वाकुमा नोबेम्बर ११ देखि २२ सम्म पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन हुँदैछ । यो जलवायु परिर्वतन सम्बन्धि मुख्य वार्षिक बैठक हो । यसले जलवायु परिवर्तनले पार्ने प्रभाव न्युनिकरणका लागि विभिन्न निर्णयहरु गर्छ । त्यसलाई हामी सबै राष्ट्रहरुले लागू गर्न सकियोस् । कप—२९ को प्रमुख एजेण्डा जलवायु वित्त भनिएको छ । यो सफल भयो भने कप पनि सफल हुन्छ । जलवायु परिवर्तनको असर कम गर्न विकसित राष्ट्रले विकासोन्मुख राष्ट्रलाई जलवायु वित्त प्रदान गर्ने र सँगसँगै जलवायु कार्य गर्दा न्युनिकरण पनि हुने अनुकुलन पनि हुने र हानी तथा नोक्शानीको विषयलाई पनि सम्बोधन गर्ने अपेक्षा गरिएको हो । पेरिस सम्झौतादेखि अहिले सम्ममा विकशित राष्ट्रहरुले विकासोन्मुख राष्ट्रहरुलाई प्रत्येक वर्ष एक सय अर्ब अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेका थिए । यसअघि तय गरिएको जलवायु लक्ष्य २०२५ मा सकिँदैछ । अब नयाँ लक्ष्य बनाउनुपर्छ । विकसित मुलुकले विकासोन्मुख देशलाई दिईरहेको सहयोग कम भएकाले आवश्यकताहरु पूरा गर्न सकेन, शताब्दीको अन्तिमसम्म तापक्रम १.५ डिग्रीले नबढ्ने गरी काम गर्ने भनिएको थियो तर त्यसको लागि रकम अपुग भइरहेको छ । यी सबै विषयलाई समेटेर यो वर्ष नयाँ लक्ष्य सहितको निर्णय हुँदैछ । यो लक्ष्यले अब आउने ५ देखि १० वर्षको लागि दिशा निर्देश गर्नुपर्छ । जलवायु परिवर्तन कार्य गर्नको लागि विकसित राष्ट्रले विकासोन्मुख राष्ट्रहरुलाई कसरी,कति रकम दिने अथवा पाउने निर्णय हुँदै छ । त्यो निर्णय नै कोप—२९ को प्रमुख विषय हो ।

प्रश्नः UNFCCC विगत ३ वर्ष लगाएर तयार पारेको नयाँ जलवायु लक्ष्यको आधारपत्रमा सबै मुलुकले सहमति जनाउछन् नै भन्ने आधार के छ ?

जवाफः यसअघि सन् २००९ मा जलवायु लक्ष्य निर्धारण गर्दा १ सय विलियन अमेरिकी डलर दिने सहमति भएको थियो । तात्कालिन अवस्थामा कुनैपनि वैज्ञानिक कारणबिना नै आवश्यकतालाई नहेरी भनिएको थियो । तर अहिले नयाँ लक्ष्य निर्धारणका लागि गत ३ वर्ष देखि काम भइरहेको छ । कसलाई समेट्ने ? के के विषय उठान गरियो भने आवश्यकता पूरा हुन्छ ? भन्ने सन्र्दभमा धेरै छलफलहरु भएका छन् । यसको नेतृत्व साउथ अफ्रिका र अस्ट्रेलियाले गरेका हुन् । जलवायु लक्ष्यको मस्यौदा कोप—२९ अगाडि ल्याउनुपर्ने थियो, जुन हालै सार्वजनिक भएको छ । यो मस्यौदा नै सबैले स्वीकार गर्नुपर्छ भन्ने छैन । तर जलवायु लक्ष्यको यो मस्यौदा वार्ताको आधार चाहीँ हो । यसैलाई आधार बनाएर थप छलफल गरिन्छ र सम्मेलनले यसमा सहमति कायम गर्छ भन्ने विश्वास गरिएको छ ।

प्रश्नः जलवायु लक्ष्यको नयाँ प्रस्तावका राम्रा पक्षहरु के छन्, हामी (नेपाल)ले किन समर्थन गर्ने ?

जवाफः कोप—२९ मा प्रश्तुत हुने जलवायु लक्ष्यको मस्यौदा(खाका) विकसित र अल्पविकसित मुलुकहरुको सहकार्यका लागि आएको डकुमेण्ट भएकाले मस्यौदा सन्तुलित रुपमा बनाईएको छ । विकशित र विकासोन्मुख राष्ट्रको भनाई समावेश छ । राम्रो पक्ष भनेको पाँच वर्ष भित्रका जववायु परिवर्तन सम्बन्धी सवालहरु समावेश छन् । हामीले हाम्रो जस्तो राष्ट्रको लागि जलवायु वित्तमा पहुँच पु¥याउन गाह्रो भयो, ढिलासुस्ती भयो, प्राविधिक रुपमा क्षमता नपुग्दा पहुँच पु¥याउन सकेनौं, माध्यमहरु झन्टझटीला भए, अनुदान दिनुपर्ने ठाउँमा ऋण दिइयो भन्ने जस्ता सवालहरु उठान गरेका थियौं । यी सवालहरु यो मस्यौदामा समावेश छ ।

हामी जस्ता राष्ट्रहरु जलवायु कार्य गरिरहँदा ऋणमा डुब्नु हुँदैन । दिगो विकास र खाद्य सुरक्षालाई ध्यानमा राख्नुपर्छ भन्ने कुरा समेटिएको छ । त्यो राम्रो पक्ष हो । यसलाई विकशित राष्ट्रहरुले पनि मनन गरेका छन् । त्यसैले यो मस्यौदा सबैलाई मान्य हुने वार्ताको आधार डकुमेण्ट हो । तर पनि चुनौती पनि छन् । यो पेरिस सम्झौताको आधार भन्दा फरक छ । पेरिस सम्झौता अनुसार विकसित राष्ट्रले विकासोन्मुख राष्ट्रलाई सहयोग गर्ने भन्ने छ । अहिले विकशित मुलुकमा पर्ने चीन,सिंगापुर,कतार,युएई जस्ता राष्ट्रहरु पैसा दिनेमा पर्नुपर्छ भनेर क्षेत्र फराकिलो बनाउन खोजिएको छ । यो प्रावधान पेरिस सम्झौताको म्याण्डेट भन्दा बाहिर छ । सन् २०२० देखि २०२५ सम्म प्रत्येक वर्ष एक सय अर्ब अमेरिकी डलर दिने भनिएको थियो । अहिले त्यसलाई बढाएर १ खर्ब पु¥याउनुपर्छ भनिएको छ । यी दुईवटा मुद्दा कोप—२९ मा पेचिलो बन्छन् ।

राम्रा पक्षहरुमा नेपाल जस्तो राष्ट्रको लागि अनुकुलन कार्यको लागि ऋण भन्दा अनुदान दिनुपर्छ भन्ने कुरा स्पष्ट राखिएको छ । नेपालको दिगो विकास र खाद्य सुरक्षालाई असर नपुग्ने गरि जलवायु कार्य अघि बढाउनुपर्छ र नेपाल जस्ता अतिकम विकशिल राष्ट्रहरुको लागि विशेष खालको सुविधा दिनुपर्छ भन्ने व्यवस्था गरिएको छ । हाम्रो देशको अवस्थालाई हेरेर रकम तोकेर दिनुपर्छ भनेर राखिएको छ । जलवायुवित्तको पहुँचको पक्षलाई सजिलो बनाउँदै लैजाने विषय समावेश छ । यी प्रावधानहरु राखिनु नेपालको लागि सवल पक्ष हो ।

प्रश्नः जी—७७ र चीनको समूहमा रहेका मुलुक जलवायुवित्तमा पैसा दिने समूहमा जान तयार हुन्छन् त ?

जवाफः चीन विश्वको सबैभन्दा धेरै कार्वन उत्र्सन गर्ने देशमा पर्छ । चीनले अहिले ५ विलियन अमेरिकी डलर हाराहारीमा साउथको–अपरेसन भनेर सहयोग गरिरहेको छ । सन् २०२४मा आउँदा चीनको अवस्था सन् २००९ को भन्दा धेरै फेरिएको छ । चीन धनी हुँदै जाँदा जलवायु परिवर्तनको फ्रेमवर्कमा किन नल्याउने ? उसलाई दायित्वबोध किन नगराउने भन्ने तर्क बलियो देखिएको छ । तर चीनले आजसम्म त्यसमा लचकता देखाएको भने देखिँदैन । त्यसमा टकराव आउनसक्छ । चीन मात्रै नभएर चीनसँगै साउदी अरेबिया,सिंगापुर पनि छन् । यो विषयमा चीनले लचकता अपनाउँदा जलवायु लक्ष्य प्रश्ताव सहज रुपमा अगाडि बढ्न पनि सक्छ । स्थिति यो भन्दा भिन्न भएको अवस्थामा कठिन हुने देखिन्छ ।

प्रश्नः जलवायु लक्ष्यको प्रश्ताव पारित हुन नसके कोप—२९ असफल हुने देखिन्छ, वैकल्पिक बाटो केही छ ?

जवाफः तीन वर्षदेखि जलवायुको नयाँ लक्ष्य निर्धारण गर्न सम्पूर्ण राष्ट्रहरु लागेका छन् । मन्त्रीस्तरीय बैठक भएका छन् । जलवायु परिवर्तनको असर विश्वभर देखिको अवस्थामा नयाँ जलवायु लक्ष्यको मस्यौदा फेल गराउने सुविधा कसैलाई छैन । वार्ता भएकाले के हुन्छ भनेर अहिले नै भन्न गाह्रो छ ।

युद्धको लागि पैसा जति पनि प्राप्त भएको देखिन्छ । कोभिडको लागि पनि पैसा पर्याप्त भयो । तर जलवायु कार्यका लागि पैसा नभएको जस्तो देखाइएको छ । पैसा नभएको होइन । त्यसमा राजनीतिक प्रतिवद्धता नभएको हो । त्यसको लागि राजनीतिक प्रतिवद्धता बढाउनुपर्ने छ । जलवायु असर न्युनिकरणका लागि गरिएका प्रतिवद्धताहरु कार्यान्वयनमा आएनन् भने पेरिस सम्झौताको कार्यान्वयनमा ठूलो प्रश्न खडा हुन्छ । त्यसैले जलवायुवित्त भएन भने लक्ष्य पूरा गर्न सकिँदैन । मुख्य कुरा सार्वजनिक वित्त हो । ऋणको होइन अनुदानमा दिनुपर्छ । उदाहरणका लागि सार्वजनिक प्राप्त भयो भने निजी वित्त पनि परिचालनमा सजिलो हुन्छ । सार्वजनिक वित्त १ अर्ब प्राप्त भयो भने २० औं अर्ब परिचालन गर्न सकिने भएकाले सार्वजनिक वित्त महत्वपूर्ण छ । नयाँ लक्ष्यको मस्यौदा पास नभए पेरिस सम्झौता फेल गराउन खोजिएको त होइन भन्ने अर्थ लाग्न सक्छ । यो कोपबाट पारित भएन भने अर्को कोपमा जानुपर्ने हुन्छ । निर्णय गर्न जति ढिला भयो त्यति नै जलवायु परिवर्तन न्युनिकरण गर्न हामी चुक्नेछौं । समस्यामा परेका समुदाय र राष्ट्रको अवस्था नाजुक हुन्छ । दिगो विकासको लक्ष्य पूरा गर्न भइरहेका प्रयास अगाडि नबढी पछाडी धकेलिन्छन् । त्यो जोखिम हामीले हेर्नुपर्ने हुन्छ ।

प्रश्नः कोपमा नेपालको सहभागीतालाई कसरी अझै प्रभावकारी बनाउन सकिन्छ ?

जवाफः विगतको तुलनामा अहिले कोप लगायत अन्य अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको उपस्थितिमा राम्रो प्रगति भएको छ । मन्त्रालयहरुले जलवायुवित्तको विषयमा विशेष चासो राखेर तयारी गरेका छन् । कोपमा सहभागी हुने हरुका लागि तालिम दिने, विषयगत पत्रहरु बनाउने लगायत काम गरिएको छ । यसलाई सकारात्मक पहलको रुपमा लिनुपर्छ । यस्ता सम्मेलनहरुमा नेपाल जस्ता राष्ट्रले उपस्थिति जनाउनुपर्छ । नेपाल बहुपक्षीय वार्ताको हिस्सा भएकाले संयुक्त राष्ट्र संघका फोरमहरु हाम्रा लागि सबै भन्दा उपयुक्त हुन् । सदस्य राष्ट्र भएकाले नेपालको उपस्थिति आफ्नो देशको स्वार्थलाई परिपुर्ति गर्ने गरेर तयारीका साथ उपस्थित हुनुपर्छ ।न्युज एजेन्सी नेपाल