२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो त्रैमासमा कुन बैंकले कति नाफा कमाए ?



अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले नाफा बढाएका छन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आव प्रथम त्रैमासमा १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । जुन गत आव प्रथम त्रैमासमा १३ अर्ब ४७ करोड २२ लाख रुपैयाँ नाफा थियो। अघिल्लो आवको तुलनामा यस आवको पहिलो त्रैमासमा बैंकहरुको नाफा समग्रमा २०.१७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा नविल बैंकले कमाएको छ । नविल बैंकले २ अर्ब ५ करोड ५६ लाख नाफा कमाएको हो । जुन ३९.९७ प्रतिशतले नाफा वृद्धि भएको हो । अघिल्लो आवको सो अवधिमा १ अर्ब ४६ करोड ९३ लाख नाफा कमाएको थियो ।

ग्लोबल आईएमईको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घट्दा नाफा भने २३.३६ प्रतिशतले बढेको छ । बैंकले पहिलो ३ महिनामा १ अर्ब ५१ करोड २१ लाख नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब २२ करोड नाफा कमाएको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पहिलो ३ महिनामा १ अर्ब ४६ करोड ४० लाख नफा कमाएको छ भने प्राइम कमर्सियल बैंक १ अर्ब २८ करोड ६७ लाख नाफामा छ ।

एनएबि बैंकले पहिलो ३ महिनामा १ अर्ब १४ करोड ५६ लाख, कुमारीले १ अर्ब ७ करोड ८१ लाख नाफा कमाएको छ । प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख नाफा कमाएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख नाफा कमाएको छ ।

यस्तै, नेपाल एसबिआईले ८१ करोड ४६ लाख नाफा कमाएको छ भने हिमालयन बैंकले ७२ करोड ६४ लाख नाफा कमाएको छ ।
नेपाल बैंकले ६० करोड २१ लाख नाफा कमाउँदा लक्ष्मी सनराइज बैंकले ५३ करोड ३२ लाख नाफा कमाएको छ ।

पहिलो ३ महिनामा माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख नाफा कमाएको छ भने सानिमा बैंकले ३९ करोड ९५ लाख नाफा कमाएको छ ।

पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले १५ करोड नाफा कमाएको छ भने एनआईसी एसिया बैंकले ११ करोड ५ लाख नाफा कमाएको छ । यस्तै, सिद्धार्थ बैंकले ३८ करोड २० लाख, सिटिजन्स बैंकले २४ करोड ६ लाख र कृषि विकासले १९ करोड ९ लाख नाफा कमाएको छ ।