१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रारा रिसोर्ट’को निर्माण प्रक्रिया अघि बढ्यो



अ+ अ-

काठमाडौँ, ६ कात्तिकः रारा होल्डिङ्स रिसोर्ट प्रालिले मुगुको छाँयानाथ रारा नगरपालिका–९ मुर्माटपमा बनाउन लागेको रारा रिसोर्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) स्वीकृति गरेको छ ।

काठमाडौँमा भएको तेस्रो नेपाल लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

विभागले १९ भवनमा ६२ कोठा र ९८ शय्या क्षमता रहने रारा रिसोर्टको निर्माण तथा सञ्चालन गर्ने प्रयोजनार्थ वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम पेस गरेको प्रारम्भिक वातावरणीय अध्ययन आइइईको प्रतिवेदन स्वीकृत गरेको जनाएको छ । विभागले आइइई अनुमति दिएसँगै रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको हो ।

विभागले वातावरणीय अध्ययन स्वमूल्याङ्कन छ–छ महिनामा पेस गर्नुपर्ने उल्लेख गरेको छ । मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा रु ७० करोड लगानी हुनेछ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली ढाँचामा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङ्स प्रालिका अभिषेकविक्रम शाहले बताउनुभयो । शाहका अनुसार अब छिट्टै नै रिसोर्टको औपचारिक शिलान्यास गर्दै निर्माणलाई तीव्रता दिइने जानकारी दिनुभयो ।रासस