१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

प्रधानन्यायाधीश राउतको अठोट: न्यायपालिकालाई लयमा फर्काउनेछु

प्रधानन्यायाधीश राउतको अठोट: न्यायपालिकालाई लयमा फर्काउनेछु
अ अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझै प्रभावकारी र समृद्ध रुपमा अघि बढाउने बताउनुभएको छ ।

सोमवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले आफूसँग निष्ठा र निष्कलंक छवि भएका न्यायाधीशहरु रहेको दाबी गर्दै उनीहरुको जोडबलमा न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउने अठोट र संकल्प लिइएको पनि बताउनु भयो । अदालतभित्र अपm्ठयाराहरु,असहज परिस्थितिहरु रहेको उल्लेख गर्दै उहाँले त्यसलाई सल्ट्याउने दायित्व पूरा गर्ने बताउनु भयो । प्रधानन्यायाधीश राउतले न्यायालयमा देखिएको चुनौति हटाउने काममा आफूहरुले सञ्चारकर्मीहरुबाट साथ र सहयोगको अपेक्षा गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो अदालत भनेको सबैको अदालत हो । नागरिकको हक र अधिकारको लागि यो अदालत प्रतिवद्ध छ । र नागरिक हक र अधिकारको प्रत्याभुतिको सन्दर्भमा यो अदालतले निर्वाह गर्नुपर्ने जुन भुमिकाहरु छ । यसमा हामी आफ्नो ठाउँबाट जे सम्पादन गर्नुपर्ने हो, त्यो हामी गरिहाल्छौं । तथापि राज्यको चौथो अंगको रुपमा रहेको हाम्रा आदरणीय पत्रकारहरु र सञ्चारकर्मी मित्रहरुले पनि हाम्रा कुराहरु जनता समक्ष पुर्‍याइदिनुपर्ने हुन्छ । र तपाईहरुको सहयोग, सद्भाव र सदासहायताविना यो अदालत एक्लैले सबै कुरा गर्न सक्दैन । त्यसकारण यो पाटोमा म यहाँहरुसँग सहकार्य गर्न चाहन्छु । र न्यायिक नेतृत्व यो कुरामा सजग र शतर्क छ । र सँगसँगै तपाईंहरुलाई म यो पनि भन्दछु कि तपाईंहरुको अभिव्यक्ति स्वतन्त्रताको जुन कुरा छ । त्यसलाई म सम्मान पनि गर्न चाहन्छु । र त्यसको जुन हिसावबाट हामीले अदालतले बुझ्नुपर्ने हो, त्यो बुझाईमा पनि हामी तलमाथि गर्दैनौं । र त्यो संविधान प्रदत्त ती अभिव्यक्ति स्वतन्त्रताहरुलाई हामी सम्मान गर्दै त्यसलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा पनि हामी लागि पर्दछौं ।’

‘आज तपाईहरुसँग छोटो भेटघाटमा दुई वटा कुरा म विशेष गरेर भन्न चाहन्छु । तपाईहरुसँग यो न्यायिक नेतृत्वको के छ भने संवाद र भेटघाट अलि बाक्लो बनाउनुपर्नेछ । अलि बढी सूचनाहरु तपाईहरुलाई हामीले संप्रेषण गर्नुपर्ने भएको छ । र तपाईंहरुमार्फत नै जनता समक्ष ती कुराहरु पुग्ने भएकाले तपाईहरुसँग मैले बढी अपेक्षा पनि गरेको छु । त्यो मैले आफ्नो अधिकारको रुपमा नै लिएको छु । तपाईहरुको सदभाव र सहयोग गर्दै पाईरहेको कन्टेष्टमा फेरी पनि मैले पाउँछु होला । त्यो कुराका लागि मैले तपाईहरुसँग जुन समय छ । समय अनुसार चाँडोचाँडो तपाईहरुसँग संवादमा म बस्नेछु । र फाईनल्ली म के भन्न चाहन्छु भने कि हाम्रो देश सानो छ । जताततै चुनौति छ । राज्यको चौथो अंगमा पनि चुनौति देखिन्छ । हाम्रा अडडा अदालतमा पनि निकै छन । यताको म नैतिक जिम्मेवारी लिन तयार छु ।’

‘तपाईंहरुले मलाई सुझाउनुस्, यो अदालतभित्रको जे जति अपm्ठयाराहरु, असहज परिस्थितिहरु छन । यसलाई मैले सल्टयाउने नै हो । त्यसको मैले नैतिक जिम्मेवारी लिने पनि हो । र मैले तपाईहरुलाई फेरी पनि दोहोर्‍याएर भन्छु–हामीसँग निष्ठा छ । र निष्कलंक छवि भएका न्यायाधीशहरु छन । त्यसको जोड र बलमा न्यायपालिकाले जसरी अहिलेसम्म आफ्नो एउटा हैसियत लयमा फर्काउने जो आफ्नो हैसियत प्रदर्शन गरेको छ । यसलाई अझ प्रभावकारी र समृद्ध रुपमा यसमा लैजाने हामीले अठोट र संकल्प गरेका छौं । यस निम्ति म तपाईंहरुको सहयोगको फेरि अपेक्षा गर्दछु । र सँगसँगै तपाईहरुसँग यो समग्र देशको लागि, माटोको लागि, जनताको लागि र संविधानको लागि र तपाईहरुको अभिव्यक्ति स्वतन्त्रताको लागि सँगसँगै तपाईहरुसँग हिँड्ने, समन्वय गर्ने, सहकार्य गर्ने र हामी एउटा उद्देश्य र गन्तव्यमा जाने कुराको लागि पनि म तपाईहरुको साथमा छु ।’

त्यस अवसरमा प्रधानन्यायाधीश राउतले देश, जनता, संविधान र प्रेसको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका लागि सञ्चारकर्मीहरुसँगै हिँड्ने, सहकार्य गर्ने प्रण समेत गर्नुभयो ।