५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा न्यौपाने नियुक्त



अ+ अ-

काठमाडौँ । सिनियर पुरुष राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फा कम्प्लेक्समा सोमबार एन्फा महासचिव किरण राईले न्यौपानेलाई नियुक्ति पत्र हस्तान्तरण गरे ।

त्यस्तै, चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा र नवीन महर्जनलाई अन्तरिम रूपमा गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ ।

उनीहरुले पनि महासचिव राईबाट नियुक्ति पत्र लिएका छन् ।

प्रशिक्षक टोलीले नोभेम्बरमा ताजिकिस्तानसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको प्रशिक्षण गर्नेछ । राष्ट्रिय टोली सो खेलका लागि ताजिकिस्तान जाने तयारीमा छ ।