२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सका बास डी लिडे पोखरा एभेन्जर्समा अनुबन्धित



अ+ अ-

काठमाडौँ । नेदरल्यान्ड्सका क्रिकेटर बास डी लिडेले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

पोखराले दोस्रो विदेशी खेलाडीका रुपमा लिडेलाई भित्र्याएको हो । यसअघि उसले अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो ।

नेपाल राष्ट्रिय टोलीका ब्याट्सम्यान कुशल भुर्तेल मार्की रहेको पोखरामा अनुबन्ध भएका २४ वर्षीय लिडेले नेदरल्यान्ड्सका लागि ३८ टी–२० आई खेल्दा ६९७ रन बनाएका छन् । यस्तै, बलिङतर्फ २८ खेलमा ३३ विकेट लिएका छन् ।

एनपीएलकै सबैभन्दा महँगो टिम पोखराले कुशल, लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।

एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।




भर्खरै