५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनशिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै



अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियशिप फुटबलमा आज आयोजक नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘बी’ अन्तर्गतको यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरू हुनेछ ।

नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यस्तै माल्दिभ्स पहिलो खेलमा श्रीलङ्कासँग १–० गोलले पराजित भएको थियो ।

नेपाल र माल्दिभ्सको खेलअघि दिउँसो साढे १ बजे भुटान र श्रीलङ्का खेल्दैछन् । समूह ‘बी’मा श्रीलङ्का ३ अङ्कसहित शीर्ष स्थानमा छ ।

नेपाल र भुटान १/१ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छ । खाता खोल्न नसकेको माल्दिभ्स पुछारमा छ ।