५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव पोखरेलको प्रश्न- पार्टी कस्तो बनाउने भन्ने हामीलाई थाहा छ, अरुलाई चिन्ता किन ?



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको चिन्ता नगर्न अन्य दलका नेता तथा कार्यकर्तालाई सुझाव दिनु भएको छ ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले फरक पार्टीका नेता र कार्यकर्ताहरूले एमालेको भविष्यका बारेमा चिन्ता नगर्न सुझाब दिनु भएको हो ।

व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गा दानको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला महासचिब पोखरेलले नेकपा एमालेलाई कस्तो बनाउने ? जनता के चाहन्छन् र राष्ट्रको आवश्यकता के हो ? भन्ने बारेमा एमालेलाई राम्रो हेक्का रहेको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

यतिवेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा९एमाले०को भविष्यका वारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उस्ले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरुले आ आफ्नो पार्टी राम्रो बनाउन लागेत अरुका वारेमा चिन्ता गर्नै पर्दैन नि ।

नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा (एमाले) जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ?  राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले) लाई राम्ररी थाह छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा (एमाले) ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ ।

जनताका वीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेरनै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ । समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ ।

तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ ।