२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पप ब्यान्ड ‘वन डिरेक्शन’का गायक लियाम पेनको निधन



अ+ अ-

एजेन्सी । पप ब्यान्ड वन डिरेक्शनका प्रसिद्ध गायक लियाम पेनको निधन भएको छ ।

अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सस्थित एक होटलको तेस्रो तलाबाट लडेर उनको निधन भएको हो ।

३१ वर्षीय नियामले नसालु पदार्थ र रक्सी सेवन गरेका कारण असन्तुलित हुँदै लडेको हुन सक्ने प्रहरीले बताएको छ ।

साथै उनको शरीरमा गम्भीर चोट लागेको र पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको पनि प्रहरीले जनाएको छ ।

वन डिरेक्शन ब्यान्डको फर एभर योङ्ग, ह्वाट मेक्स यु ब्युटिफुल, स्टोरी अफ माई लाइफ जस्ता पप गीतहरू चर्चित छन् ।