२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

‘पहलमान’ छान्ने ठेलो फाल्ने खेल

‘पहलमान’ छान्ने ठेलो फाल्ने खेल
अ अ+ अ-

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत म्याग्दीको ऐतिहाँसिक, धार्मिक र पर्यटकीय स्थल हो ।

विस १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले ताकमकोतबाट राज्य सञ्चालन गरेको इतिहास छ । समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाईमा अवस्थित ताकमकोट वाइसे चौविसे राज्यका पालमा हालको धवलागिरी र मालिका गाउँपालिकाको केही वडाको राजधानी थियो ।

बाइसे चौबिसे राजाले हरेक वर्षको वडादसैँको महानवमी पर्वको अवसरमा आठ सय वर्ष अघि ठेला (छेलो) फालेर पहलमान पहिचान गर्न बसाएको चलनलाई अहिलेम्म पनि निरन्तरता दिइएको छ ।

ताकमकोतमा आयोजना हुुने ठेलो फाल्ने प्रतियोगिता जितेर माल (पहलमान)को सम्मान पाउने यस क्षेत्रका हस्टपुुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाहरुको पुर्खौैअघिदेखिको शोख भएको ताकमकोत संरक्षण व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताउनुभयो ।

“ठेलो फाल्ने यस क्षेत्रका युवाहरुमाझ लोकप्रिय खेल भएपनि ताकमकोतको ठेलोमा जित्नेको छुट्टै महत्व र पहिचान हुने भएकाले यसलाई युवाहरुले प्रतिष्ठाको विषय बनाउने गरेका छन्”, उहाँले भन्नुभयो “तत्कालीन थापा राजाका पालामा सुरु भएको माल पहिचान गर्न ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलनलाई अहिले पनि निरन्तरता दिएका छौँ ।”

माललाई फेता गुुटाएर काँधमा बोकेर गाउँ परिक्रमा गराएर सम्मानका साथै नगद उपहार दिने चलन छ । मेला महोत्सव र सभासमारोहमा मालको उपमा दिएर सम्बोधन गर्ने गरिन्छ । पहिले ताकमकोतको ठेलोमा प्रतिस्पर्धा जनाउनेहरु बर्खामा लेकको बुकीका गोठमा गएर दूध, दही, घ्यू खाने चलन रहेको बुढापाका बताउँछन् ।

जसले नवौँ पटक जिते प्रतियोगिता

ताकमकोतको यस वर्षको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ का ३४ वर्षीय अशोक खत्रीले जित्नुुभएको छ । सोही वडाका अध्यक्ष समेत रहेका खत्रीले नवौ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास रच्नु भएको हो ।

आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको थियो । खत्री बाहेक हालसम्म नौपटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि नजितेका कोतपुजा व्यवस्थापन समितिका सदस्य तेजिन्द्र बहादुर थापाले बताउनुभयो ।

“प्रतियोगितामा ताकम र आसपासका गाउँका ३२ जना युवाहरुले सहभागिता जनाएका थिए”, थापाले भन्नुुभयो, “पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा बिजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।”

विस। २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाउनुुभएको थिएनन् । विसं  २०७९ मा मालिका गाउँपालिका–१ निस्कोटका याम परियारसँग पराजित हुनुभएको थियो । निरन्तरको अभ्यास, शारीरिक व्यायम र सन्तुलित खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताउनुभयो ।

“विंस २०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिको रुपमा काम गर्दा तयारी नपुुगेर सफल भएको थिइन”, उहाँले भन्नुुभयो, “गत वर्ष एक महिनादेखि तयारी गरेको थिए । यसपाली विगतको मेरो रेकर्ड तोड्ने कोही पनि प्रतिस्पर्धी नदेखेपछि तयारी नभएपनि अन्तिममा प्रतिस्पर्धामा उत्रिएको थिए । एकै पटकमा अरुले भन्दा टाढा ठेलो फाले । सोख पूरा भएकोमा खुुसी छुु ।”

मालको सम्मानले समाजमा स्थापित गराउन र निर्वाचनमा उमेद्वार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुुभव छ । भलिबल र बास्केटबलका खेलाडी समेत रहेका स्नातक तहको शिक्षा हासिल गरेका खत्री नेकपा ९माओवादी केन्द्र०को वडा कमिटिका अध्यक्ष पनि हुुनुहुन्छ । जनप्रतिनिधिको जिम्मेवारी पुूरा गरेपछि खेल प्रशिक्षक बन्ने खत्रीको लक्ष्य छ ।

खत्रीलाई गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुुर जुुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमपसाद पुुन, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगर, पूर्वउपध्यक्ष रेशम छन्त्याल लगायतले फेता गुटाएर सम्मान गर्नुुभएको थियो ।

स्थानीयबासीहरुले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित गाउँ परिक्रमा गराएका थिए । महानवमी पर्वको अवसरमा परम्परागत चलनअनुसार ताकमकोतमा मच्छिमका छन्त्याल र काफलडाडाका मगर समुदायले पुुख्र्यौली नाच र हिलापोखरीका कलाकारहरुले नौमती बाजा प्रस्तुत गरेका थिए ।

ऐतिहासिक ताकमकोतको धार्मिक र पर्यटकीय महत्व 

म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णीमा, मङ्सिर पूर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा बिशेष मेला लाग्ने गर्छ ।

कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पूरा हुने विश्वास छ । यस वर्षको दसैँको नवरात्र भर पूजाआजा गर्न ताकम र आसपासका गाउँका साथै टाढाटाढाबाट भक्तजन आएका पुजारी हेमनाथ पौडेलले बताउनुभयो ।

“कोतघर र मन्दिर पुुन:निर्माण, सडक सुविधा र प्रचारप्रसार भएका कारण ताकमकोतमा धार्मिक पर्यटकको आगमन बढेको छ”, उहाँले भन्नुभयो “मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्न भक्तजन आउने गरेका हुन् ।” ताकमकोतको ओदान देवतामा गरेको भाकल पूरा भएमा बली चढाउने चलन छ ।

समुुन्द्री सतहदेखि दुुई हजार दुुई सय मिटर उचाईमा रहेको ताकमकोतबाट धौलागिरि, अन्नपूर्ण र गुुर्जा हिमालको साथै अग्ला पहाड, ग्रामीण बस्तीहरुको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । समुदायस्तरबाट चन्दा सहयोग जुटाएर विंस २०७५ मा ताकमकोतको जिर्णोद्धार गरिएको थियो । विंस २०७२ को भूकम्पले कोतघर र जगन्नाथ मन्दिर जिर्ण बनेको थियो ।

यसैगरी पुुरातत्व विभागले कोतघर परिसरमा रामसिता मन्दिर पुन:निर्माण गरेको छ । समूदाय स्तरबाट चन्दा सङ्कलन गरेर पर्यटकीय आकर्षण बढाउन हनुमानको मूर्ति स्थापना गरेका छन् । गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको सहयोगमा देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको छ । देविस्थान र ताकम तर्फबाट देउरालीसम्म सडक सञ्जालले जोडिएको छ । रासस