१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई



अ+ अ-

गण्डकी । यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई ।ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न त भकारो नै सोहोर्नु पर्छ । तर त्यही गाईले बार्षिक लाखौँ रुपैया आम्दानी दिँदै आएको छ ।

पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा राखिएको यन्त्रजडीत गाईबाट गत आर्थिक वर्षमा मात्र रु १३ लाख पाँच हजार ४० आम्दानी भएको छ । गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई विगत १६ बर्षदेखि गुफाको निरन्तर आम्दानीको स्रोत बन्दै आएको हो । गाईको प्रतिमाको भित्तातर्पm दूध राखिएको छ जुन ‘पाईप’को माध्यमबाट थुनसम्म आउँछ ।

कामधेनु गाईगोठमा अवस्थित यन्त्रजडीत गाईको नजिकै रहेको सानो प्वालमा दश रुपैँयामा खरिद गरी एउटा गुच्चा राखेपछि गाईको चारवटै थुनबाट दुध बगेर सिधै शिवलिङ्गमा पुग्ने व्यवस्था मिलाइएको छ ।

भक्तजनले गाईको गहुँतले स्नान गरेर शुद्ध भई केही तल रहेको प्राकृतिक शिवलिङ्गको दर्शन गर्ने गर्दछन् । विसं २०६४ सालमा रु एक लाख ५७ हजार एक सय ९८ लागतमा निर्माण गरिएको सो गाईले १६ वर्षमा एक करोड भन्दा बढी आम्दानी दिइसकेको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिनुभयो ।

सो अवधिमा करीब १५ लाख दर्शकले टिकट काटेर गाईको दर्शन र प्रविधिको अध्ययन अवलोकन गरेका छन् । उहाँका अनुसार गुफा अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीहरु पनि आउने गर्छन् । विशेषगरी धार्मिक परम्पराअनुसार साउनको सोमबार, शिवरात्री, मङ्गलचौथी, हरिबोधनी एकादशी, ऋषितर्पणी, ऋषि पञ्चमी, बालाचतुर्दशी, नयाँ बर्ष लगायतका तिथिमा दर्शनार्थीको घुँईचो लाग्ने गर्छ ।