१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

सरकार पीडितलाई राहत र पुनर्व्यवस्थापनको काममा केन्द्रित हुनुपर्दछः पूर्वराष्ट्रपति भण्डारी

सरकार पीडितलाई राहत र पुनर्व्यवस्थापनको काममा केन्द्रित हुनुपर्दछः पूर्वराष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो पीडितहरुलाई राहत दिने र पुनःव्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिनुभएको छ ।

सरकारले पीडितको उद्धार कार्य गरिराखेको उल्लेख गर्दै उहाँले अब उनीहरुलाई राहत दिने र  पुनर्व्यवस्थापनको काममा लाग्नुपर्ने बताउनुभएको हो । शुक्रवार अपरान्ह न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले गत असोज ११ र १२ गतेको वर्षालाई अत्याशित विपद्को रुपमा चित्रण गर्दै पीडितलाई सरकारले आवश्यकअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनु भयो ।

बाढी र पहिरोबाट सबैभन्दा ठूलो बाटोमा अवरोध भएको उल्लेख गर्दै उहाँले त्यसलाई समयमानै सुचारु गर्नुपर्ने पनि बताउनु भयो । राज्य जनताको अभिभावक भएकाले उनीहरुको पीडालाई सम्बोधन गर्नुपर्ने काममा लाग्नुपर्ने र त्यस काममा सरकार लागि रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘जनताको लागि आफ्नो सबै भन्दा भरपर्दो अभिभावक भनेको राज्यले नै हो । राज्यमा विभिन्न ढंगले प्रतिनिधित्व भएको हुन्छ । एउटा त सरकार हुन्छ । स्थायी सरकारको रुपमा विभिन्न राज्यको अंगहरु छन । उहाँहरुले आफ्नो तर्फबाट जनतालाई आवश्यकताअनुसारको सेवा प्रदान गर्नुपर्ने हुन्छ । र, राज्यले पनि, सरकारले पनि गरिराखेको छ । कहिले काँही अप्रत्याशित घटनाहरु हुन्छन् । जसलाई हामी दुर्घटना पनि भन्छौं । यसपालीको यो वर्षापति अप्रत्याशित हो । त्यसैले गर्दा राज्यको तर्फबाट राज्यका सबै अंगहरुले जनतालाई गर्नुपर्ने जुन सेवा, सुविधा हो । त्यो चाहीँ तदारुकताका साथ दिनुपर्छ । अहिले सबैभन्दा ठूलो बाटोमा अवरोध भएको छ । बाटोलाई समयमानै सुचारु गर्नुपर्ने हुन्छ । त्यस्तै गरेर धेरै यो प्रकोपमा पर्नुभएको छ । अव प्रकोपमा परेकाहरुको उद्धार कार्य त भइराखेको छ । अब उहाँहरुलाई राहत दिने र पुर्नव्यवस्थापनको काम हामीले गर्नुपर्ने हुन्छ । जो अब जीवन गुमाउनु भयो, उहाँ त गई नै सक्नुभयो । उहाँको परिवारलाई कसरी पुनस्र्थापित गर्ने र हाम्रो अभिभावक छ भन्ने खालको अनुभुति दिने, त्यो तहमा राज्यको तर्फबाट भुमिका हुनुपर्छ भन्ने मेरो सुझाव रहेको छ ।’ 

पूर्वराष्ट्रपति भण्डारीले प्राप्त जनादेशअनुसार राजनीतिक दलहरुले काम गर्नुपर्ने बताउनु भयो । बेलाबेलामा हुने निर्वाचनमा दिएको म्यान्डेटको आधारमा सरकार बन्नुपर्ने र उसले त्यही जनमत अनुसार काम गर्नुपर्ने उहाँको भनाई थियो । पूर्वराष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरु र कर्मचारीहरुले देश र जनताको पक्षमा समर्पित भएर काम गर्नुपर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक स्थायित्व समय समयमा चुनाव भएपछि जुन निर्वाचित प्रतिनिधिहरु आउँछन् । उनीहरुले आफ्नो कार्यकाल राम्रोगरी काम गर्नुपर्छ । जनताबाट पाएको जुन जनमत हुन्छ, जुन म्यान्डेट प्राप्त भएको हुन्छ । त्यो अनुसार काम गर्नुपर्ने हुन्छ । अहिले सधैंभरी हल्ला बढी हुन्छ हाम्रो देशमा । हल्लाको पछाडि चाहीँ लाग्नु हुँदैन । व्यवस्था आफैँ एउटा यान्त्रिक चिज भयो । त्यसलाई संचालन गर्ने भनेको जनप्रतिनिधिहरु, मानिसहरुले नै हो । लोकसेवा आयोग पास गरेर आएकोबाट बनेको संयन्त्र र जन निर्वाचित प्रतिनिधिहरुको संयन्त्र दुई वटाले काम गरिराखेको हुन्छ हाम्रो देशमा । यो दुई वटा चाहीँ देश र जनताप्रति समर्पित भएर काम गर्नुपर्दछ । ’ 

त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीको सबै नेपालीहरुलाई बडा दशैंको शुभकामना पनि व्यक्त गर्नुभएको छ । —न्युज एजेन्सी नेपाल