३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपी राजमार्ग एकतर्फी खुल्यो



Photo : File
अ+ अ-

धुलिखेल । सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा खसेको पहिरो पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

पहिरोमा परि खोटाङबाट काठमाडौं आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो पुरिएको थियो भने सिन्धुली खुर्कोटबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पनि धकेली २० मिटर तल पुर्‍याएको थियो ।

असोज ११ र १२ गतेको अबिरल बर्षापछि रोशी खोलामा आएको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएरर अवरुद्ध भएको थियो । सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीवार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।