२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपी राजमार्ग एकतर्फी खुल्यो



अ+ अ-

धुलिखेल । सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा खसेको पहिरो पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

पहिरोमा परि खोटाङबाट काठमाडौं आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो पुरिएको थियो भने सिन्धुली खुर्कोटबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पनि धकेली २० मिटर तल पुर्‍याएको थियो ।

असोज ११ र १२ गतेको अबिरल बर्षापछि रोशी खोलामा आएको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएरर अवरुद्ध भएको थियो । सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीवार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।