२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले मुख्यालय बनाउन भाटभटेनी प्रमुख मिनबहादुरबाट जग्गा प्रदान ,प्रधानमन्त्री ओलीद्वारा शिलान्यास



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को कीर्तिपुरमा केन्द्रिय कार्यालय भवनको शिलान्यास गरिएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार वैदिक विधिअनुसार सो कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता/कार्यकर्ताको उपस्थिति रहेको छ । एमालेले पार्टी सदस्यहरुको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने तयारी गरेको छ । सो जमिन एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका प्रमुख मिनबहादुर गुरुङले उपलब्ध गराउनुभएको हो ।

२०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका–१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो । हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रिय कार्यालय बनाउने काम शुरु गरिएको एमालेले जनाएको छ ।