१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता)

आशातित रूपमा नेपाली खेलकुदको विकास हुन सकेन

पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता)
अ अ+ अ-

नेपाली खेलकुद क्षेत्रको सर्वाेच्च निकाय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गणतन्त्र स्थापनापछि नेपाली खेलकुदले आशातित विकास गर्न नसकेको बताउनुभएको छ । नेपाली खेलकुदको वर्तमान अवस्था, दशौँ राष्ट्रिय खेलकुदको आयोजना र खेलका समसामायिक विषयमा खेलकुदमन्त्री चौधरीसँगको कुराकानीका अवसरमा उहाँले आशातित रूपमा नेपाली खेलकुदको विकास हुन नसकेको बताउनुभएको हो । उहाँले आफू मन्त्री भएर आएसँगै खेलकुद क्षेत्रको विकासका लागि पहल अघि बढाएको बताउनु भयो । उहाँले नेपालमा खेलकुदको भविष्य सुन्दर रहेको बताउनु भयो । कुराकानीको सम्पादित अंश यस्तो छ ।

प्रश्नः तपाईंले खेलकुद समालेको धेरै समय त भएको छैन, तर यो छोटो समयावधिमा खेलकुदको अवस्था कस्तो पाउनुभएको छ ?

जवाफः गणतन्त्र स्थापनापछि नेपाली खेलकुदले जसरी फड्को मार्नुपर्ने हो, त्यो हुन सकेन । उल्टै निकै कमजोर अवस्थामा नेपाली खेलकुद रहेको मैले महशुस गरिरहेको छु । नेपाल ओलम्पिक कमिटी र खेल संघको विवादका साथै खेलाडीहरूमा खेलप्रतिको जुन इच्छाशक्ति हुनुपर्ने हो त्यो पाइरहेको छैन । आफ्नो अञ्चलबाट मैले भलिबल खेल्दा त्यतिबेलाको जोश, जाँगर खेलाडीमा देखेको छैन । त्यो समयको तुलनामा अझ अहिले धेरै सेवासुविधा छ । नेपाली खेलकुदका सरोकार निकायहरू र त्यहाँ रहेका व्यक्ति वर्षौंसम्म पनि आफ्नो पद जोगाउन मात्र काम गरिरहेका छन् । यसले नेपाली खेलकुदलाई अफ्ठ्यारो स्थितिमा पु¥याएको छ । तर यो अवस्थालाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले यी समस्यालाई समाधान गर्ने मलाई विश्वास छ । कतिपय कमीकमजोरीलाई ऐन शंसोधन गरेर भएपनि समाधान गर्नेछु । कतिपय संघले दशकौंसम्म चुनाव गरेका छैनन् । चुनाव नगरे पनि खेलाडी उत्पादन, अन्य नियमित कार्यक्रमहरू पनि हुन सकेका छैनन् । खेलकुद विकासका लागि चाहिने आवश्यकतामा संघहरूको भुमिका सन्तोषजनक छैन । खेलाडीलाई प्रशिक्षण, नतिजाअनुरूप सम्मानका साथै उनीहरूका परिवारलाई रोजगारी र शिक्षाजस्ता पक्षमा काम गर्न सक्यौं भने नेपाली खेलकुदको भविष्य सुन्दर छ ।

प्रश्नः नेपाली खेलकुदमा दिनानुदिन दक्ष प्राविधिक जनशक्ति एवं प्रशिक्षक अभाव हुँदै गएको छ, लामो समयदेखि नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा प्रशिक्षक नियुक्त हुन सकिरहेको छैन, जनशक्ति आधा भइसकेको अवस्था छ, दक्ष जनशक्तिको अभाव हुन नदिन के काम भइरहेको छ ?

जवाफः म आउने बितिक्कै राखेपमा रहेका जनशक्तिका बारेमा बुझेका थिएँ । त्यहाँको अवस्थाबारे जानकारी पाउनसाथ समाधानको प्रक्रिया अगाडि बढिसकेको छ । ओएम सर्भेका लागि अन्तिम चरणमा पुगेको छ । आगामी मंसिरभित्र अर्थमन्त्रालय, कानूनी र मन्त्रीपरिषद्मा पुग्छ । त्यसका लागि प्रतिवेदन पनि आइसकेको छ । तर ती प्रतिवेदन अध्ययनका लागि दिएका छौं । तथापि, हामीसँग तीन चार सय प्रशिक्षक अभैm पनि छन् । प्राप्त जनशक्तिबाट पनि उपलब्धिमूलक बन्न सकेको छैन । धेरै प्रशिक्षकले अभैm काम नगरी आफ्नो व्यवसाय मात्र गरिरहनुभएको छ । काठमाडौंमै मात्र एक सय प्रशिक्षक छन् । उहाँहरूलाई काठमाडौंका स्थानीय निकायमा काजमा पठाउने तयारी भैरहेको छ । अब हाजिर गरेर मात्र कसैले बस्न पाउँदैनन् । खेल संघ र प्रमुख प्रशिक्षकबीच राम्रो सम्बन्ध स्थापित हुन सकेका छैन । कतिपय प्रमुख प्रशिक्षकले पनि आफ्नो जिम्मेवारी राम्रोसँग निभाएका छैनन् ।

प्रश्नः खेलकुद क्षेत्रमा बजेट न्युन छ, यही बजेटमा खेलकुदले चाहेका लक्ष्य प्राप्त गर्न सहज छैन, यस्तो अवस्थामा निजी क्षेत्र या सार्वजनिक संस्थानलाई खेलकुदमा लगानी गर्ने वातावरण सिर्जना गर्न के काम भइरहेको छ ?

जवाफः म आपैmँले पनि कुनै संस्थानबाट भलिबल खेलेको थिएँ । अहिले खेलाडीले त्यो वातावरण पाएका छैनन् । निजी विद्यालयका विभिन्न संघसंस्थाहरूसँग खेलाडीका छोराछोरीलाई सहुलियत या १२ कक्षासम्म निःशुल्क पढाइदिनेबारे छलफल भइरहेको छ । हिजो दिनमा खेलाडीलाई जागिर दिएर खेल्ने वातावरण सिर्जना गर्ने सार्वजनिक संस्थानले अहिले किन त्यसलाई निरन्तरता दिन सकिरहेका छैनन् । उनीहरूलाई केही नदिने अनी खेलाडी विदेश पलायन भए भनेर मात्र हुँदैन । खेलाडी देशमै बस्ने वातावरण सिर्जना गर्नसक्नु पर्छ । आगामी शैक्षिक सत्रदेखि कम्तीमा १०० जना खेलाडीका सन्तानलाई पढाउनेका लागि प्रयास गर्नेछु ।

प्रश्नः राष्ट्रिय खेलकुदको इतिहास लामो छ र यसको महत्व पनि विशेष नै छ, नेपाली खेलाडीका लागि यो सदैव प्रतिक्षा हुने आयोजना पनि हो, तर यो नियमित रूपमा हुन सकिरहेको अवस्था छैन, तपाईं नियुक्त हुने समय दशौं राष्ट्रिय खेलकुद समयमा नै गर्छु भन्नुभएको थियो । अहिलेको अवस्था के छ ?

जवाफः दशौं राष्ट्रिय खेलकुदको आयोजनास्थलमा पुगेको थिएँ । त्यहाँका भौतिक संरचना जति बनिसक्नुपर्ने हो, त्यसको प्रगती हुन सकेको छैन । संघीयता लागू भइसकेकाले यो आयोजनामा सबैभन्दा जिम्मेवार बन्नुपर्ने कर्णाली प्रदेश सरकार हो । तर अहिले कर्णाली प्रदेश सरकारले अहिले लगानी गरिरहनुभएको छैन । तर यसअघि त्यहाँ धेरै प्रदेश सरकारले काम गरेको रहेछ । अहिले सरकारको चाहना भौतिक पूर्वाधार बनाउँदै खेलाउने अवस्था नहोस् भन्ने छ । केन्द्रले नै दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने हो भने हामी तयार छौं । तर हामी चाहन्छौं प्रदेश सरकार पनि जिम्मेवार बनोस् । सबैको चाहना आगामी मंसिरमै होस् भन्नेछ । बजेट पनि छु्याइसकेको छ । त्यसैले चाढो घोषणा गर्छांै र दशौँ राष्ट्रिय खेलकुद २०८१ भित्र नै हुन्छ । तर पुस र माघमा गर्न सकिने अवस्था छैन । उत्तम समय मंसिरमै हो । तर त्यहाँका भौतिक संरचना र कर्णालीमा पर्याप्त बासस्थान छैन ।

प्रश्नः नेपाली खेलकुद विकासका लागि महत्वपूर्ण निकाय मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय सम्बन्धमा निर्माण गर्ने नेपाल ओलम्पिक कमिटीबीच राम्रो सम्बन्ध नहुने इतिहास रहँदैछ, अहिले पनि त्यही अवस्था छ की सुधार भयो ?

जवाफः म त्यसै कोहीसँग पनि द्वन्द्व गर्दिन । नेपाली खेलकुदको ऐनअनुरूप चले कुनैपनि किसिमको विवाद सिर्जना हुँदैन । ऐनले मन्त्रालयलाई सीमित अधिकार दिएको छ र यही सीमितताभित्र रहेर काम गरिरहेको छ । खेलकुद विकासमा सरोकार निकायलाई एक सूत्रमा बाँध्ने नै ऐनले हो । जब ऐनअनुरूप नचल्दा केही चेतावनी हुन्छ । सबैले पनि यसको पालना पनि गर्नुपर्छ । पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुन्छन् । खेलाडीले यही आफ्नो भविष्य देखे भने उनीहरू पलायन हुने अवस्था रहँदैन । सोचेभन्दा राम्रो काम गर्छु र नेपाली खेलाडीले पनि अन्तर्राष्ट्रियस्तरमा धेरै पदक ल्याउनेछन् । सन् २०२६ मा हुने एशियन गेम्सका लागि राम्रो तयारी गर्नुपर्नेछ । त्यसको शुरुवात भइसकेको छ र थप प्रभावकारी हुनेछन् । पलेशा गोवद्र्धन अहिले चीनमा पढिरहेकी छिन् । उनलाई त्यहाँ एक समय प्रशिक्षण गर्नका लागि राज्यले लगानी गर्नुपर्छ । न्युज एजेन्सी नेपाल