१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण

टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण
अ अ+ अ-

काठमाडौँ । नेपाल—भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरीस्थित टिकाभैरवका बाढी पीडितलाई राहत वितरण गरेको छ ।

केन्द्रले गत असोज ११ र १२ गते भारी वर्षाका कारण आएको बाढीबाट प्रभावितहरुलाई बुधवार राहत वितरण गरेको हो । बाढीबाट प्रभावित ललितपुर जिल्लास्थित गोदावरी नगरपालिका वडा नं। ६ टिकाभैरव र वडा नं। १० का एकसय भन्दा बढी घरधुरीलाई राहत वितरण गरिएको हो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको पहल र वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनको उपस्थितिमा केन्द्रको तर्फबाट सय भन्दा बढी घरधुरीलाई खाद्यान्न, जस्तापाता लगायतका सामग्री वितरण गरिएको छ । राहत वितरणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष अन्सारीले आफूहरुले बाढी प्रभावितहरुलाई मल्हम लगाउने काम गरेको बताउनुभयो । उहाँले विपद्मा परेकाहरुलाई सबै मिलेर सहयोग गर्नुपर्ने भन्दै त्यसका निम्ति आव्हान गर्नुभयो । उहाँले प्रभावितहरुलाई राहत दिन सरकारसँग आग्रह पनि गर्नुभयो ।

वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले अध्यक्ष अन्सारीले ललितपुर क्षेत्रमा विपद्को बेलामा आफ्नो प्रयत्नबाट राहत सामग्रीहरु वितरण गर्ने गरेको भन्दै यस प्रकारको कामको निरन्तरताको कामना गर्नुभयो ।