१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं

सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं
अ अ+ अ-

काठमाडौ । निर्माण व्यवसायीहरुले आफूहरुको बाँकि बक्यौता रकम तत्काल भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष सकुन्तलाल हिराचनलगायतका व्यवसायीहरुले निर्माण व्यवसायीहरुको सबै बक्यौता रकम तिहार अघि पनि भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिनु भएको हो ।

महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको सातौं स्मृति दिवसको अवसरमा पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सिंहले तिहार अगावै आफूहरुको सबै बक्यौता रकमहरुको भुक्तानीसहित ती साँढे ६ अर्वका आयोजनाहरुलाई अघि बढाउने काम गर्न सरकारलाई दबाब दिनु भयो । उहाँले निर्माण व्यवसायीहरु संकटमा परेको कारण मुलुकको अर्थतन्त्र संकटमा परेको उल्लेख गर्दै ती समस्या समाधान गरेर सरकारले मुलुकको अर्थतन्त्रलाई सहज ढंगले चलायमान बनाउने काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, एउटा जटिल परिस्थितिमा निर्माण उद्योग छ । र, निर्माण उद्योगमा भएको जटिल परिस्थितिको कारणले गर्दा तमाम निर्माण व्यवसायीहरु संकटमा छौं, सकसमा छौं । यसको समाधानका लागि राज्यले अभिभावकीय भुमिका निर्वाह गरेर निकाल्नु पर्छ । र, निर्माण व्यवसायीहरुलाई संकटमा पार्दा मुलुकको अथर, चाँडो भन्दा चाँडो यो कुराको निकास सरकारले दिनुपर्छ भन्ने कुरामा अर्थमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ । र, हामी आशा गर्र्छौ–तिहार अगावै हाम्रो बक्यौता रकमहरुको भुक्तानीसहित ती साँढे ६ अर्वका आयोजनाहरुलाई संकुचनमा गरेर सरकारले आफ्नो क्षमतामा ल्याउने छ । त्यसका लागि महासंघले आफ्नो तर्फबाट सरकारलाई खवरदारी गरिरहेको छ ।’

महासंघका पूर्वअध्यक्ष सकुन्तलाल हिराचनले पनि तिहार अगाडि आफूहरुको सबै बक्यौता रकम भुक्तानी नभए सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनु भयो । उहाँले निर्माण व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढे त्यसले सरकारलाई चार गुणा बढि फाईदा दिने दावी समेत गर्नु भयो ।
पूर्व ्अध्यक्ष हिराचनले भन्नु भयो, ‘अव यो तिहार भन्दा अगाडि यदि हाम्रो भुक्तानी भएन भने हामीले कडा भन्दा कडा कदम नचालि सरकारले भुक्तानी दिन्छ जस्तो लाग्दैन । सरकारले हामीलाई भुक्तानी गरेको खण्डमा त्यो त्यो भन्दा ३ गुणा, ४ गुणा बढी फाईदा सरकारलाई नै हुन्छ । त्यो कुरा सरकारले बुझेको छैन । निर्माण क्षेत्र चलायमान हुनु भनेको सारा संसार चलायमान हुनु हो भन्ने कुरा उहाँहरुलाई थाहा छैन ।’

कार्यक्रममा स्वर्गीय गौचनले निर्माण व्यवसायको क्षेत्रमा पुर्‍याउनु भएको योगदान स्मरण गरिएको थियो ।