२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले र कांग्रेस संविधान खारेज गर्न लागिरहेको प्रचण्डको आरोप



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस संविधान खारेज गर्न लागिरहेको आरोप लगाउनु भएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भन्नुभयो -संविधान संशोधनका लागि म सकारात्मक छु तर एमाले र कांग्रेस संविधान खारेज गर्ने बाटो खोजिरहेका छन् ।

अन्तरक्रिया कार्यक्रममा उहाँँले भन्नुभयो ‘उहाँहरूको चासो संविधान संशोधन हो भन्ने मलाई लाग्दैन, उहाँहरूको चाहना चैँ संविधान खारेजी हो। एकैचोटि खारेज भन्न त भएन, पहिलो संशोधन भन्नुपर्‍यो। यो कूटनीतिक भाषा हो। सदन पटकपटक विघटन भयो नि, जनताले हुँदैन भन्दाभन्दै पनि। त्यो सदन विघटन मात्रै थिएन, त्यसको मूल उद्देश्य संविधान विघटन थियो।’

उहाँले भन्नुभयो ‘उहाँहरूलाई समावेशिता मन परेको छैन, समानुपातिकता त झन् मन परेको छैन। संघीयता पनि मन परेको छैन, अन्तत: गणतन्त्र पनि धेरै मन परेको छैन। जुन बयलगाडा सिद्धान्त छ, जुन हामीले सबै सुनेकै छौँ।’

उहाँले अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘जतिबेला जनता सङ्कटमा छन् त्यतिबेला सबै सरकार प्रतिपक्ष मिडिया सबै मिलेर त्यसको सामना गर्ने परम्परा छ । अहिले पनि त्यही मनसायका साथ संकटको सामना गर्नुपर्छ । अझै पनि खोजकार्य बाँकी नै छ । खोजी उद्धार राहतको काममा लाग्ने । पुर्ननिर्माण र पुर्नस्थापनाको चुनौती छ ।’

उहाँले अहिले सरकारलाई गाली गर्ने नभइ मिलेर राहत, उद्धर र पूनर्निर्माणमा खटिनुपर्ने बेला आएको बताउनु भयो । प्रचण्डले देशमा भूराजनीतिक रूपमा मात्रै समस्या आएको नभई भौगोलिक बनावटले पनि संकट निम्त्याइरहेको दाबी गर्नुभयो ।

अर्को एक प्रशंगमा अध्यक्ष प्रचण्डले अहिले राजतन्त्र फर्किन सम्भव नै नभएको बताउनु भयो । पूर्वराजाको भुटान भ्रमण आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भएपनि कतैबाट हेर्दा पनि राजतन्त्र फर्किने सम्भावना नरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘मलाई कहीँ कतै फेरि राजा आउने चाहिँ लाग्दैन सम्भव छैन । कतैबाट हेर्दा पनि त्यो सम्भव छैन । इतिहासको विकासको दृष्टिकोण, पूर्वराज र उनको परिवारको कारणले पनि राजतन्त्र फर्किहाल्ने अवस्था छैन ।’