२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रूर युद्धले गाजा हजारौँ प्यालेस्टिनीको चिहानमा परिणत



अ+ अ-

एजेन्सी । निकट पूर्वमा प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले १२ महिनाको क्रूर युद्धले गाजालाई भग्नावशेष र दशौँ हजार मानिसका लागि चिहानमा परिणत गरेको बताउनुभएको छ ।

उहाँका अनुसार युद्धको सिकार भई मृत्य वरण गर्नेहरूमा अधिकांश महिला तथा बालबालिका रहेका छन् ।

उहाँका अनुसार गत वर्षको अक्टोबर ७ मा सुरु भएको गाजा युद्धको एक वर्ष बितिसकेको छ भने गाजामा २० लाख मानिस युद्धका कारण पीडाको सिकार बन्न बाध्य भई जबरजस्ती विस्थापन, रोग, भोकमरीको सामना गर्दै घेराबन्दी गरिएको इलाकामा फसेका छन् ।

युद्धको प्रभावले गाजाका आवश्यक पूर्वाधारको चरम विनाश भएको उल्लेख गर्दै उहाँले बालबालिकाहरू सबैभन्दा बढी पीडित भएको बताउनुभयो । उहाँका अनुसार गाजाका धेरै बालबालिकालाई हत्या र चोटपटकबाहेकका मनोवैज्ञानिक तथा अदृश्य घाउहरूले आघात पुर्याएको छ ।

कक्षाकोठामा बसेर पढ्नुको सट्टा, निराशा र डरले भग्नावशेषबाट निस्केर ज्यान बचाउने प्रयास गर्न बाध्य छ लाख ५० हजारभन्दा बढी बालबालिकाले सिकाइ तथा शिक्षाको अधिकारसमेत गुमाउँदै गएको उहाँले बताउनुभयो ।