२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तुु’ लोकार्पण



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तुु’ लोकार्पण गर्नुभएको छ ।

प्रधानमन्त्री निवासमा आज उक्त पुस्तक लोकार्पण गर्दै उहाँले हरेक प्राणीको चाहना सुख भए पनि मानवलाई सम्मानित तथा सुरक्षित जीवन यापनका निम्ति गरिबी अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानवजाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिनुुभयो ।

हरेक व्यक्तिले सम्मानित जीवन बाँच्न पाउनुुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्धिका बारेमा विमर्श गर्दा वातावरण संरक्षणलाई बिर्सन हुँदैन भन्नुुभयो ।

लेखक तिम्सिनाले प्रधानमन्त्री ओलीको अवधारणा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको आलोकमा खुसी र सुखको वैज्ञानिक विश्लेषण पुस्तकमा गरिएको जानकारी दिनुुभयो । समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित उक्त पुस्तकमा समृद्धिलाई मन, मस्तिष्क र मनस्थितिका आधारमा विविध सामाजिक र आर्थिक पक्षको लेखाजोखा गरिएको छ । रासस