११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तुु’ लोकार्पण



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तुु’ लोकार्पण गर्नुभएको छ ।

प्रधानमन्त्री निवासमा आज उक्त पुस्तक लोकार्पण गर्दै उहाँले हरेक प्राणीको चाहना सुख भए पनि मानवलाई सम्मानित तथा सुरक्षित जीवन यापनका निम्ति गरिबी अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानवजाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिनुुभयो ।

हरेक व्यक्तिले सम्मानित जीवन बाँच्न पाउनुुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्धिका बारेमा विमर्श गर्दा वातावरण संरक्षणलाई बिर्सन हुँदैन भन्नुुभयो ।

लेखक तिम्सिनाले प्रधानमन्त्री ओलीको अवधारणा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको आलोकमा खुसी र सुखको वैज्ञानिक विश्लेषण पुस्तकमा गरिएको जानकारी दिनुुभयो । समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित उक्त पुस्तकमा समृद्धिलाई मन, मस्तिष्क र मनस्थितिका आधारमा विविध सामाजिक र आर्थिक पक्षको लेखाजोखा गरिएको छ । रासस