३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा

पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान

पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जानुभएको छ ।

भूटानी राजाको औपचारिक निमन्त्रणामा ड्रुक एयरबाट पारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा पूर्वराजा ज्ञानेन्द्रलाई भूटानी राजाको विशिष्ट अतिथिको रूपमा भूटानी अधिराजकुमारी पेमा ल्हादेन वांगचुकले स्वागत गर्नुभएको थियो ।

बिमानस्थलबाट सरकारी गाडीबाट राजकीय सम्मानसहित राजकीय अतिथिगृह पुर्‍याइएको थियो ! अतिथिगृहमा शाही धर्मगुरूबाट अभिषेक र आशिर्वचन प्रदान गरिएको छ ।

भूटानी सरकारले २ दिन अघी भूटान नवप्रवर्तन बृहत् अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । मौसम परिवर्तनले नेपालमा जस्तै उच्च हिमाच्छादित भूटानलाई आर्थिक, सामाजिक, जलस्रोत, विपत् व्यवस्थापनका गंम्भीर चूनौतिहरू खडा गरको छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई वातावरणीय संरक्षणका क्षेत्रका शिखर व्यक्तित्वका रूपमा उच्चस्तरमा अनुभवको आदानप्रदान गर्न भूटान निम्ता गरिएको बुझिएको छ ।

अधिराजकुमार हुदा श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषका अध्यक्ष ज्ञानेन्द्रको नेतृत्वमा मुस्तांगमा सुरू गरिएको अन्नपूर्णा संरक्षण क्षेत्रलाई विश्वमै प्रकृति संरक्षणका क्षेत्रको अनुपम परिकल्पना मान्ने गरिएको थियो !

नेपाली राजकीय प्रतिनिधी मण्डललाई थिम्पुबाट २४३ किमी दक्षिणपूर्वमा अवस्थित “गलेपू माइन्डफूल सस्टेनेबल सिटी“ योजनाको अवलोकन गराइने स्रोतले बताएको छ ।

भारतसँग सिमा जोडिएको गलेपू योजनावद्ध शहर २५०० वर्ग किमी क्षेत्रफलमा फैलेको छ, जून क्षेत्रफलका आधारमा सिंगापुरभन्दा पनि ठूलो रहेको छ ।

३५ वटा नदी मिसिएर बनेको मानस नदीको घाटी क्षेत्रमा अवस्थित “गलेपू माइन्डफूल सस्टेनेबल सिटी“ लाई भूटानी राजा जिग्मे खेसर वांगचुकको परिकल्पना अनुसार विकास गरिन लागेको हो ।

आर्थिक र सूचना प्रविधि केन्द्रको रूपमा विकास गरिने यस शहरका अधिकांश भौतिक संरचना पूलहरूमाथि निर्माण गरिने लक्ष्य राखिएको छ ! सभागृह, अस्पताल, विधालय, डिपार्टमेन्ट स्टोर, होटेल, बजार, सफ्टवेयर कम्पनी आदि समेत पूलहरू माथि नै बनाइने परिकल्पना गरिएको छ ! यो विश्वकै पहिलो बाढी र पहिरो रहित आधुनिक शहरीकरण आयोजना हुनेछ ।

भुटानले गलेपू माइन्डफूल सस्टेनेबल सिटी“लाई विशेष प्रशासकीय क्षेत्र घोषणा गरिसकेको छ, जसका प्रमूख नेपाली मूलका भूटानी नागरिक डि एन दाहाल रहेका छन् ।

यसक्रममा पूर्वराजा ज्ञानेन्द्रको, भूटानका वर्तमान राजाका बुवा निवर्तमान राजा जिग्मे सिग्मे वांनचुकसँग डेचेन छोलिंग राजप्रसादमा हुने भेटघाटलाई महत्वपूर्ण मानिएको छ ।

दुवै दार्जिलिंगको सेन्ट जोसेफ कलेजका एलुम्नाई र सहपाठी पनि हुनुहुन्छ ।