१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनियर एनटीआरको ‘देवरा’ हेर्न आएका फ्यानको हृदयघातबाट मृत्यु



अ+ अ-

एजेन्सी । जुनियर एनटीआर र जान्हवी कपूर स्टारर फिल्म ‘देवराः पार्ट १’ सेप्टेम्बर २७ देखि सिनेमाघरमा रिलिज भइरहेको छ ।

हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नड भाषामा रिलिज भएको यस फिल्मसँग सम्बन्धित धेरै भिडियोहरू सामाजिक सञ्जालमा चर्चामा छन्, जसमा फ्यानहरू रमाइलो गरिरहेका छन् ।

यसैबीच जुनियर एनटीआरका एक फ्यानको फिल्म हेर्दै गर्दा मृत्यु भएको खबर आएको छ ।

डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार हालै आन्ध्र प्रदेशको कुड्डापाहमा जुनियर एनटीआरका फ्यानहरूका लागि विशेष स्क्रिनिङको आयोजना गरिएको थियो ।

यही क्रममा जमनपल्ले गाउँका मस्तान वली पनि चलचित्र हेर्न आफ्नो गाउँबाट कुड्डापा पुगेका थिए ।

पहिलो शोमा साथीभाइसँग रमाइलो गर्दै फिल्म हेर्दै गर्दा अचानक बेहोस भए । होश नआएपछि साथीहरूले उनलाई नजिकैको निजी अस्पतालमा लगे, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण हृदयघात भएको बताइएको छ ।