१० भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनियर एनटीआरको ‘देवरा’ हेर्न आएका फ्यानको हृदयघातबाट मृत्यु



अ+ अ-

एजेन्सी । जुनियर एनटीआर र जान्हवी कपूर स्टारर फिल्म ‘देवराः पार्ट १’ सेप्टेम्बर २७ देखि सिनेमाघरमा रिलिज भइरहेको छ ।

हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नड भाषामा रिलिज भएको यस फिल्मसँग सम्बन्धित धेरै भिडियोहरू सामाजिक सञ्जालमा चर्चामा छन्, जसमा फ्यानहरू रमाइलो गरिरहेका छन् ।

यसैबीच जुनियर एनटीआरका एक फ्यानको फिल्म हेर्दै गर्दा मृत्यु भएको खबर आएको छ ।

डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार हालै आन्ध्र प्रदेशको कुड्डापाहमा जुनियर एनटीआरका फ्यानहरूका लागि विशेष स्क्रिनिङको आयोजना गरिएको थियो ।

यही क्रममा जमनपल्ले गाउँका मस्तान वली पनि चलचित्र हेर्न आफ्नो गाउँबाट कुड्डापा पुगेका थिए ।

पहिलो शोमा साथीभाइसँग रमाइलो गर्दै फिल्म हेर्दै गर्दा अचानक बेहोस भए । होश नआएपछि साथीहरूले उनलाई नजिकैको निजी अस्पतालमा लगे, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण हृदयघात भएको बताइएको छ ।