२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेप्टेम्बर महिनामा ९६ हजार पर्यटक नेपाल भित्रिए



अ+ अ-

काठमाडौं । नेपालमा सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजार पर्यटक आएका छन्

पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअुसार गत महिनाभरीमा ९६ हजार ३०५ पर्यटक भित्रिएका हुन्।

यसपालि घुम्न आउनेमध्ये सबैभन्दा धेरै २२ हजार ९८४ भारतीय पर्यटक रहेका छन्। त्यस्तै, अमेरिकाबाट १० हजार, चीनबाट ८ हजार, अस्ट्रेलियाबाट ५ हजार ३८, श्रीलंकाबाट ४ हजार ९१५, बेलायतबाट ४ हजार ४९३ पर्यटक आएका छन्।

त्यसैगरी, बंगलादेशबाट ४ हजार १०३, जर्मनीबाट २ हजार ७०४, दक्षिण कोरियाबाट २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० पर्यटक आएका छन्।

अघिल्लो महिना अगष्टमा ६७ हजार १५३ पर्यटक आएका थिए। यस सिजनमा पर्वातारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गरेको बोर्डले जनाएको छ।