२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा

जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा
अ अ+ अ-

एजेन्सी । इजरायलले आफ्ना नेता हसन नसरल्लाहको हत्या गरेपछि हिजबुल्लाहका उपनेता नईम कासिमले आफ्नो समूहले ‘जतिसक्दो चाँडो’ नयाँ प्रमुख चयन गर्ने बताउनुभएको छ ।

उहाँले इरान समर्थित आन्दोलनले इजरायलसँग निरन्तर लड्ने र कुनै पनि स्थलगत आक्रमणको सामना गर्न तयार रहेको पनि बताउनुभएको छ ।
हिजबुल्लाहको अल–मनार च्यानलमा प्रसारण गरिएको भिडियो सम्बोधनमा कासिमले भन्नुभयो, “हामी जतिसक्दो चाँडो पार्टीको नयाँ महासचिव चयन गर्नेछौं।”

सम्बोधनमा उहाँले नसरल्लाहको अन्त्येष्टि कहिले गर्ने भन्नेबारे केही बताउनुभएन ।

कासिमका अनुसार दक्षिणी लेबनानमा हिजबुल्लाहका शीर्ष कमाण्डर अली काराके र समूहका अन्य दुई सदस्यसँगको भेटघाटका क्रममा नसरल्लाहको इजरायली आक्रमणबाट मृत्यु भएको थियो ।

कासिमले आफू २० जनाभन्दा बढी अन्य नेतासहित मारिएको इजरायली सेनाको दाबीको खण्डन गर्नुभएको छ ।

कासिमले हिजबुल्लाहले गाजा र प्यालेस्टिनीको समर्थनमा लेबनान र त्यहाँका जनताको रक्षाका लागि इजरायलसँगको युद्ध जारी राख्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामी जस्तोसुकै परिस्थितिको सामना गर्नेछौं र यदि इजरायलले स्थलमार्गबाट प्रवेश गर्ने निर्णय गर्‍यो भने हामी तयारी अवस्थामा छौं।”