१४ आश्विन २०८१, सोमबार
,
Latest
एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार



अ+ अ-

एजेन्सी । यस वर्षको दादासाहेब फाल्के अवार्ड बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई प्रदान गरिने भएको छ । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सोमबार यो घोषणा गरेका हुन् । मिथुनलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सम्मान गरिने छ ।

मिथुनले सन् १९७६ मा मृगयाबाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । उनले पहिलो फिल्ममा नै राष्ट्रिय पुरस्कार जितेका थिए । उनी सन् १९८२ मा डिस्को डान्सरबाट चर्चामा आएका थिए ।

उनले अहिलेसम्म ३५० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उनले तीन पटक राष्ट्रिय पुरस्कार पाएका छन् । उनलाई जनवरी २०२४ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।

मिथुन चक्रवर्तीको जन्म १६ जुन १९५० मा कोलकातामा भएको थियो । उनको वास्तविक नाम गौराङ चक्रवर्ती हो । मिथुनले रसायनशास्त्रमा स्नातक गरेका छन् ।