२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध लगाइने

आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध लगाइने
अ अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शनिबार आईपीएलको नयाँ रिटेन्सन नीति लागू गरेको छ । नीति नियमका कारण विदेशी खेलाडीहरु घाटामा रहेको देखिन्छ ।

यसअन्तर्गत सबै विदेशी खेलाडीले मेगा अक्सनमा दर्ता गर्नुपर्नेछ । यदि उनीहरूले दर्ता गरेनन् भने, उनीहरूले पछि हुने मिनी लिलामीमा प्रवेश पाउने छैनन् ।

साथै, लिलामीमा बिक्री भएपछि कुनै खेलाडी प्रतियोगिताबाट पछि हटेमा उसलाई अर्को २ सिजनको लागि प्रतिबन्ध लगाइनेछ । साथै विदेशी खेलाडीले अब एक सिजनमा १८ करोड रुपैयाँभन्दा बढी कमाउन पाउने छैनन् । पछिल्लो मिनी लिलामीमा अस्ट्रेलियाका मिचेल स्टार्क २४.७५ करोडमा र प्याट कमिन्स २०.५० करोडमा बिक्रि भएका थिए ।

यदि कुनै विदेशी खेलाडी लिलामीमा बिक्री भइसकेपछि प्रतियोगिताबाट फिर्ता भएमा उसलाई अर्को २ सिजन प्रतिबन्ध लगाइनेछ । यसको मतलब उसले अर्को दुई लिलामीमा भाग लिन सक्नेछैन । यद्यपि, खेलाडी घाइते भएमा उसलाई प्रतिबन्ध लाग्दैन । यसका लागि उसले आफ्नो राष्ट्रिय बोर्डबाट अनुमति लिनुपर्नेछ ।

पहिलो पटक आईपीएलमा विदेशी खेलाडीलाई दिइने रकममा नियम आएको छ । मिनी लिलामीमा विदेशी खेलाडीले १८ करोड रुपैयाँभन्दा बढीको रिटेन्सन मूल्य पाउने छैनन् । अथवा मेगा अक्सनमा सबैभन्दा महँगो भारतीय खेलाडी १६ करोड भारुमा बिक्रि भएमा मिनी अक्सनमा विदेशी खेलाडीले १६ करोडभन्दा बढी पाउने छैनन् ।

उदाहरणका लागि मुम्बई इन्डियन्सले सूर्यकुमार यादवलाई १८ करोड भारुमा राखेको छ । अब मेगा अक्सनमा रिंकु सिंह सबैभन्दा महँगो भए पनि उनको मूल्य १५ करोड मात्रै रह्यो । त्यसैले अर्को मिनी लिलामीमा विदेशी खेलाडीले १५ करोड रुपैयाँभन्दा बढी पाउने छैनन् ।

त्यसैगरी मेगा अक्सनमा रिंकु सिंहलाई २० करोडमा किनेको भए अर्को मिनी अक्सनमा विदेशी खेलाडीले सूर्या १८ करोडभन्दा बढीमा पाउने छैनन् । यहाँ, विदेशी खेलाडीहरूले रिटेन्सन र मेगा लिलामीको उच्चतम मूल्य बीचको सबैभन्दा कम रकम पाउनेछन् ।

तर, टोलीले २०, २५ वा ३० करोड रुपैयाँमा विदेशी खेलाडी किन्न सक्छन् । उसको पर्सबाट उति नै रकम उसले बोली लगाए पनि काटिनेछ तर खेलाडीले १५ वा १८ करोड मात्र पाउनेछन् । बाँकी रकम बीसीसीआईमा जानेछ, जुन बोर्डले आफ्ना खेलाडीहरूमा खर्च गर्नेछ ।