२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो

फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो
अ अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा फसेका नासाका दुई अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउन गएको स्पेसएक्सको ‘ड्र्यागन क्याप्स्यूल’ आईएसएससँग जोडिएको छ।

उक्त यानमा बुच विल्मोर र सुनीता विलिअम्सका लागि दुई सीट खाली छ।

उनीहरू अमेरिकी अन्तरिक्ष निकाय, नासाको आठदिने अभियानमा सहभागी हुँदै गत जुन महिनामा बोइङको नयाँ स्टारलाइनर क्याप्स्यूल चढेर अन्तरिक्षमा गएका थिए।

तर उडानका क्रममा उक्त यानमा प्राविधिक त्रुटि देखा परेको थियो। त्यसपछि उनीहरू आईएसएसमै बस्न बाध्य भएका थिए।

अब उनीहरू आगामी फेब्रुअरी महिनामा पृथ्वी फर्किन सक्ने ठानिएको छ।

नासाका अन्तरिक्षयात्री निक हेग र र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोफलाई लिएर स्पेस एक्सको उक्त क्याप्स्यूल संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित केप कन्याभरलबाट स्थानीय दिन अनुसार शनिवार उडेको थियो।

आईएसएसभित्र नयाँ पुगेका अन्तरिक्ष यात्रीहरू हेग र गोर्बुनोफलाई अरू अन्तरिक्षयात्रीले स्वागत गरेका थिए।

उनीहरूले प्रसन्न मुद्रामा तस्बिरहरू पनि खिचेका थिए।

अब हेग र गोर्बुनोफ आईएसएसको टोलीमा सम्मिलित हुने छन् भने विल्मोर र विलिअम्स फिर्ता आउने छन्। हेगले यसअघि पनि आईएसएसमा बसेर काम गरिसकेका छन्।

ड्र्यागन क्याप्स्यूलको प्रक्षेपण बिहीवारका लागि तय गरिएको थियो। तर समुद्री आँधी ुहेलेनुका कारण उक्त योजना केही दिन पछि सरेको थियो।

ड्र्यागन क्याप्स्यूल नजिकै पुग्दा आईएसएस अफ्रिकाको दक्षिणी भेगमा बोट्स्वानाभन्दा ४२५ किलोमिटरमाथि अन्तरिक्षमा उड्दै थियो।

‘स्टारलाइनर’मा समस्या
‘स्टारलाइनर क्याप्स्य’लले गत जुन ५ मा अन्तरिक्षयात्रीसहितको पहिलो परीक्षण उडान गरेको थियो।

उडानका क्रममा बोइङले निर्माण गरेको उक्त यानमा विभिन्न समस्याहरू देखा परेका थिए।

बोइङ र नासाका प्राविधिकहरूले समस्या समाधान गर्ने उद्देश्यले महिनौँ लगाएर अनुसन्धान गरे।

तर अगस्ट महिनाको अन्त्यतिर नासाले स्टारलाइनर प्रयोग गरेर अलपत्र परेका अन्तरिक्षयात्रीलाई फिर्ता नल्याउने निर्णय गर्‍यो। त्यसपछि स्टारलाइनर यानलाई रित्तै पृथ्वी फर्काइयो।

निर्माणका क्रममा उत्पन्न विभिन्न समस्याका कारण उक्त क्याप्स्यूलको प्रक्षेपण केही वर्षले ढिलो हुन पुगेको थियो। बोइङले सन् २०१९ र २०२२ मा मानवबिनै उक्त यानको परीक्षण उडान गरेको थियो। त्यस बेला पनि समस्याहरू देखा परेका थिए।

नासाले सन् २०११ मा आफ्नै अन्तरिक्षयानहरू प्रयोग गर्न छोड्यो। त्यसपछि आईएसएसमा आवतजावत गर्न उक्त अमेरिकी अन्तरिक्ष निकाय रुसको सोयुज अन्तरिक्षयानमा भर पर्न थाल्यो।

अहिले नासाले दुई अमेरिकी कम्पनी  (बोइङ र स्पेसएक्स ) को सेवा लिने गरेको छ। सन् २०१४ मा नासाले आफ्ना अन्तरिक्ष अभियानमा सहयोग लिने गरी ती दुई कम्पनीसँग अर्बौँ डलरको सम्झौता गरेको छ।

स्पेसएक्स अर्बपति व्यापारी इलोन मस्कले स्थापना गरेको निजी कम्पनी हो। उक्त कम्पनीले आफ्नो सेवा लिने अन्तरिक्षयात्रीहरूलाई पहिलो पटक सन् २०२० मा आईएसएससम्म पुर्‍याएको थियो। बीबीसी