१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमसँग घरेलु मैदनमै युनाइटेडको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड घरेलु मैदान वल्ड्र ट्राफोर्डमा टोटेनहमसँग ०–३ गोलले स्तब्ध बनेको हो ।

टोटेनहमको जितमा ब्रेन्नान जोनसोन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमा नै टोटेनहमले जोनसोनको गोलबाट अग्रता लिएको थियो ।

४७ औं मिनेटमा कुलुसेभ्स्कीले गोल थप्दै टोटेनहमको अग्रता दोब्बर पारे । यस्तै, ७७ औं मिनेटमा सोलान्कीले गोल गर्दै टोटेनहमलाई ३–० गोलले जित दिलाए ।

खेलको ४२ औं मिनेटमा ब्रुनो फर्नान्डेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजापछि टोटेनहम ६ खेलबाट १० अंकका साथ आठौं स्थानमा छ भने युनाइटेड ७ अंकका साथ १२ औं स्थानमा छ ।